अमेरिकाले कोरियाली आकाशमा सुपरसोनिक बमवर्षक विमान उडायो « Khabarhub

अमेरिकाले कोरियाली आकाशमा सुपरसोनिक बमवर्षक विमान उडायो


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यो साता शृङ्खलाबद्ध रूपमा क्षेप्यास्त्र परीक्षण गरेर कोरियाली प्रायद्वीपमा तनाव सृजना गरेको उत्तर कोरियालाई चेतावनीस्वरुप अमेरिकाले दक्षिण कोरियाको आकाशमा सुपरसोनिक बमवर्षक विमान उडाएको छ ।

दक्षिण कोरियासँगको संयुक्त हवाई अभ्यासको अन्तिम दिन आज उत्तर कोरियालाई आफ्नो शक्ति देखाउन अमेरिकाले सुपरसोनिक बमवर्षक विमान पनि अभ्यासमा समावेश गरेको दक्षिण कोरियाले बताएको छ । वायुसेनाको संयुक्त अभ्यासमा बमबर्षक विमान पनि समावेश रहेको दक्षिण कोरियाली रक्षामन्त्रालयले जनाएको हो ।

वायु सेनाको संयुक्त अभ्यासमा दुवै देशका अत्याधुनिक एफ ३५ लडाकु विमानसहित दुई सय ४० विमान समावेश छन् । उक्त अभ्यासबाट आाक्रोशित उत्तर कोरियाले यो साता समुद्रमा दर्जनौँ क्षेप्यास्त्र प्रक्षेपण गर्नाका साथै अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो । उसले आन्तरिकरूपमा युद्धविमानसमेत उडाएर युद्धका निम्ति तम्तयार रहेको सन्देश प्रवाह गरेको थियो ।

‘भिजिल्याण्ट स्टोर्म’ नामको अमेरिकासँगको कोरियाको संयुक्त सैन्य अभ्यासलाई सैन्य टकरावको उन्माद भन्दै उत्तर कोरियाली विदेश मन्त्रालयले शुक्रबार अबेर एक वक्तव्य निकालेर आफ्नो सार्वभौमसत्ता तथा राष्ट्रिय सुरक्षाविरुद्ध लाग्नेहरूलाई कडा जवाफ दिइने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : ३२ बजे

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

भारतीय राजदूतावासले मनायो ७७औँ गणतन्त्र दिवस

काठमाडौं- नेपालस्थित भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा काठमाडौंस्थित भारतीय

सिमलताल दुर्घटना : गणपति डिलक्सको बसभित्र एउटा मानव कङ्काल भेटियो

चितवन- तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेंसीस्थित त्रिशुलू नदी किनारमा भेटिएको गणपति