निर्वाचन सामग्री हेटौँडा आइपुग्यो « Khabarhub

निर्वाचन सामग्री हेटौँडा आइपुग्यो


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि आवश्यकपर्ने सम्पूर्ण सामग्री मकवानपुर आइपुगेको छ ।

मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाका अनुसार मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (१) र (२) तथा प्रतिनिधिसभा क्षेत्र नम्बर २ र सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (१) र (२) का लागि प्रत्यक्षतर्फको मतपत्रसँगै अन्य सामग्री आज हेटौँडा आइपुगेको हो ।

निर्वाचन आयोगको कार्यालय काठमाडौँबाट ल्याइएको सो सामग्री नेपाली सेनाको टोलीले हेटौँडास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज हस्तान्तरण गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी तीर्थ भट्टराईले जानकारी दिए ।

जिल्लाको क्षेत्र नम्बर १ को प्रतिनिधिसभातर्फ १ लाख ६६ हजार र प्रदेश सभातर्फ एक लाख ६८ हजार तथा क्षेत्र नम्बर २ को प्रतिनिधिसभातर्फ एक लाख ६६ हजार र प्रदेशसभातर्फ एक लाख ६७ हजार प्रत्यक्षतर्फको मतपत्र हेटौँडा आइपुगेको हो । समानुपातिकतर्फको मतपत्र भने केही दिनअघि नै आइपुगेको थियो । मकवानपुरमा ३६४ वटा मतदान केन्द्र रहेको छ भने कूल तीन लाख सात सय ३३ मतदाता रहेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ९ : ५९ बजे

महिला महामन्त्रीमा डिना उपाध्याय र डिला संग्रौलाको उम्मेदवारी

 काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला महामन्त्री पदका लागि दुई नेतृको

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

चितवन– रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष