कमल थापाले सिद्ध्याएको राप्रपालाई फैलाए लिङ्देनले   | Khabarhub Khabarhub

कमल थापाले सिद्ध्याएको राप्रपालाई फैलाए लिङ्देनले  


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संविधानसभामा निर्णायक राजनीतिक शक्ति बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा २०७४ सालको आमनिर्वाचनमा संघीय संसदमा एक सिटमा खुम्चिएको थियो।  संविधानसभापछि राप्रपाप्रति जनताको मात्र होइन कार्यकर्ताको समेत आकर्षण र भरोसा क्षयीकरण हुँदै गएको थियो। तत्कालीन अध्यक्ष कमल थापाको सत्ता मोहमा पार्टी नीति र उद्देश्य तथा जनताको भरोसा पिसिँदै जाँदा अघिल्लो चुनावमा राप्रपा राष्ट्रिय दलको मान्यता पाउनबाटै वञ्चित भयो।

गत वर्ष भएको महाअधिवेशनले राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनलाई चुन्यो र कमल थापालाई अस्वीकृत गर्‍यो। अध्यक्षमा पराजित भएपछि ‘पूर्वराजाको षड्यन्त्र’ भन्दै थापाले कार्यकर्ताको मतप्रति अपमान मात्र गरेनन् पार्टी नै छोडे। पार्टी विभाजन नगर्ने धार्मिक ग्रन्थ ‘गीता’ छोएर कसम खाएका थापा राप्रपा नेपाल ब्युँताएर फेरि अध्यक्षको भूमिमा रहे। त्यसपछिको उनको लोकप्रियता र जनताको भरोसा हालै भएको आम निर्वाचनबाट पनि देखिएको छ।

आफू अध्यक्ष रहेको राप्रपा नेपालको हलो चुनाव चिह्न छाडेर एमालेको चुनाव चिह्न सूर्य लिएर प्रतिनिधिसभा सदस्यका लागि मकवानपुर १ मा चुनावी मैदानमा उत्रिँदासमेत थापा पराजित भए। आफ्नै पूर्व कार्यकर्ता राप्रपाका दीपकबहादुर सिंह २७ हजार ८१६ मतसहित विजयी हुँदा थापाले २५ हजार ४२० मतसहित तेस्रो स्थानमा रहेर पराजय व्यहोरे। थापाले नेतृत्वको गरेको राप्रपा नेपालले आमनिर्वाचन २०७९मा एक सिट पनि जित्न सकेन।

तर, अघिल्लो वर्ष नेतृत्व परिवर्तन गरेको राप्रपाले यसपटक प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सात सिट जितेको छ भने समानुपातिकमा पनि सात सिट पाउने भएको छ। राजेन्द्र लिङ्देनप्रतिको आशा र भरोसा र नेतृत्व परिवर्तनले राप्रपाप्रति जनताको विश्वास बढेको राप्रपा तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ बताउँछन्।

राप्रपा महाधिवेशनले आवश्यकताअनुसार नेतृत्व परिवर्तन गर्नुपर्ने र राजनीतिमा युवा आउन सक्ने वातावरण रहेको सन्देश दिएको उनले बताए। राप्रपा महाधिवेशनले युवा समूहमा राजनीतिप्रति आशा जगाएको मात्र होइन संलग्नताको वातावरण नै रहेको सन्देश दिएकाले नै अहिले नेपाली राजनीतिमा युवा प्रत्यक्ष भूमिका रहने गरी निर्वाचित भएका उनको भनाइ छ।

आफू अध्यक्षमा निर्वाचित भएपछि लिङ्देनले अग्रज नेतालाई सम्मान गर्दै युवाप्रति विश्वास राख्दै जनतामाझ ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हुने’ बताउँदै आएका छन्। संसदमा पनि भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाएका लिङ्देन अध्यक्ष रहेको राप्रपा अहिले राजनीतिमा निर्णायक शक्तिको रुपमा देखापरेको छ।

नेतृत्व सम्हालेको एक वर्षमै लिङ्देनले जनतामाझ गुमेको विश्वासलाई फिर्ता ल्याउन सके।  पार्टीलाई सक्रिय र क्रियाशील बनाएका उनी यसबीचमा जनतामाझ आफैँ उपस्थित भएर पार्टीको नीति तथा आगामी कार्यक्रमबारे प्रस्ट पारे। सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका कृष्णप्रसाद सिटौलालाई झापा ३ मा दोस्रोपटक हराएका लिङ्देनले ४० हजार ६६२ मतसहित विजयी हुन सफल भएका छन्।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १२ : १२ बजे

दशैं बिदामा पनि प्रेस काउन्सिलले मिडियाको नियमन गर्ने

काठमाडौं– प्रेस काउन्सिल नेपालले दशैंको बिदामा समेत मिडियाको नियमनलाई निरन्तर

महोत्तरीमा एक युवतीको शव भेटियो

महोत्तरी – महोत्तरीको बर्दिवास-५ स्थित टुटेश्वर मन्दिर नजिकै एक युवतीको

चार लाख प्यालेस्टिनी उत्तरी गाजामा फसेको युएनआरडब्लुएको भनाई

गाजा– उत्तरी गाजा पट्टीमा कम्तिमा चार लाख मानिस फसेको निकट

पाकिस्तानविरुद्धको इङल्याण्डका रुट र ब्रुकको शतक

काठमाडौं– पाकिस्तानविरुद्धको जारी पहिलो टेस्टमा इङल्याण्डका जो रुट र ह्यारी

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार