संसदमा माओवादी केन्द्र र स्वतन्त्र पार्टीले समानुपातिकबाट समान सिट पाउने « Khabarhub

संसदमा माओवादी केन्द्र र स्वतन्त्र पार्टीले समानुपातिकबाट समान सिट पाउने


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आमनिर्वाचन २०७९ मा प्रतिनिधिसभातर्फ समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र र सबैभन्दा कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सिट पाउने भएका छन् ।

सोमबार दिउँसोसम्म निर्वाचन आयोगको समानुपातिकतर्फको पछिल्लो तथ्यांकअनुसार उक्त दुई दलले समान सिट पाउने भएका हुन् ।

नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ ११ लाख ६२ हजार २२९ मत पाएको छ । भने, रास्वपाले ११ लाख २४ हजार ५५४ मत पाएको छ । दुई पार्टीबीच केही हजार मतको अन्तर भएपनि मत परिणाम विभाजक सुत्रअनुसार दुबै पार्टीले समान १४ सिट पाउने भएका हुन् ।

यस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीबीच झण्डै २६ हजारको मत अन्तर छ। तर, मत परिणाम विभाजक सूत्रबाट हिसाब यी दुबै पार्टीले समान ५ सिट पाउने देखिन्छ । प्रतिनिधि सभातर्फ प्रत्यक्षमा माओवादी केन्द्रले १८ सिट ल्याउँदा रास्वपाले ७ सिटमा जित निकालेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ३ : २५ बजे

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल

प्रतिबन्धित क्षेत्रबाट ल्याइएका चार हजार बढी चल्ला नष्ट

किमाथांका– प्रतिबन्धित क्षेत्रबाट यहाँ ल्याइएका चार हजार बढी ब्रोइलर कुखुराका