कर्णालीमा समानुपातिक सांसदका लागि १६ जनाको नाम सिफारिस हुँदै « Khabarhub

कर्णालीमा समानुपातिक सांसदका लागि १६ जनाको नाम सिफारिस हुँदै


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कर्णाली प्रदेशसभामा दलहरुले समानुपातिक सांसद बन्नेको नामावली तयार पारेका छन् । कांग्रेस, एमाले, माओवादी, नेकपा एकिकृत समाजवादी लगायत दलहरुले समानुपातिक सूचि निर्वाचन आयोगमा बुझाउने तयारी गरेका छन् ।

जसमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद बन्नेमा लक्ष्मी सुनार, जानकी सिंह, विजया बुढा, इन्द्रा शाही र बलिमाया बुढा रहेका छन् । यस्तै नेकपा एमालेबाट गमता विश्वकर्मा, दक्षिणा शाही, नन्दा गुरुङ, बालाराम शर्मा र शान्तिलाल महत छन् । यद्यपी यो प्रारम्भिक सूचि हो ।

यस्तै माओवादीले उर्मिला विश्वकर्मा, यशोदा न्यौपाने, मिलन खड्का रोका, जुम्कित लामा कार्कीलाई समानुपातिक सांसद बनाउने बनाउने तयारी गरेको छ । यस्तै नेकपा एकिकृत समाजवादीले बसन्त कुमार विश्वकर्मालाई समानुपातिक सांसद बनाउने तयारी छ ।

यस्तै राप्रपाले सन्तोषी शाहीलाई सांसद बनाउने भएको छ । दलहरुले यो सूचि निर्वाचन आयोगमा बुझाउने तयारी गरेका छन् । यद्यपी नेता तथा कार्यकर्ताको दबाब थपिने भएकाले सूचि बुझाउन केही समय लाग्ने सम्भावना पनि छ ।

समानुपातिकतर्फ समावेशी कोटा अन्तर्गत ४ जना दलित, १० जना खस आर्य र २ जना जनजाती महिला गरेर १६ जना सांसद बन्नेछन् ।

जसमा दलहरुले १३ जना महिला र ३ जना पुरुषको नाम पेश गर्ने तयारी गरेका छन् । दलहरुले बुझाएको सूचिबाटै आयोगले समानुपातिक सांसदका रुपमा प्रदेशसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र दिनेछ ।

प्रत्यक्ष चुनावबाट निर्वाचित भएर आएका २४ जना र समानुपातिक १६ जना गरेर कर्णाली प्रदेशसभामा ४० जना सांसद रहनेछन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ७ : ३४ बजे

आचारसंहिता पालन गर्ने दल र उम्मेदवारको प्रतिबद्धता

नेपालगन्ज– तीन निर्वाचन क्षेत्र भएको बाँकेमा आचारसंहिता पालनासम्बन्धी बैठक सम्पन्न

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौं– यहाँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

१४ वर्षपछि ढाका–कराचीबीच सीधा हवाई सेवा सुरु

काठमाडौं– १४ वर्षपछि बंगलादेश र पाकिस्तानबीच सीधा हवाई सेवा पुनः

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र संकल्पका कारण

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी