कर्णालीमा समानुपातिक सांसदका लागि १६ जनाको नाम सिफारिस हुँदै « Khabarhub

कर्णालीमा समानुपातिक सांसदका लागि १६ जनाको नाम सिफारिस हुँदै


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कर्णाली प्रदेशसभामा दलहरुले समानुपातिक सांसद बन्नेको नामावली तयार पारेका छन् । कांग्रेस, एमाले, माओवादी, नेकपा एकिकृत समाजवादी लगायत दलहरुले समानुपातिक सूचि निर्वाचन आयोगमा बुझाउने तयारी गरेका छन् ।

जसमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद बन्नेमा लक्ष्मी सुनार, जानकी सिंह, विजया बुढा, इन्द्रा शाही र बलिमाया बुढा रहेका छन् । यस्तै नेकपा एमालेबाट गमता विश्वकर्मा, दक्षिणा शाही, नन्दा गुरुङ, बालाराम शर्मा र शान्तिलाल महत छन् । यद्यपी यो प्रारम्भिक सूचि हो ।

यस्तै माओवादीले उर्मिला विश्वकर्मा, यशोदा न्यौपाने, मिलन खड्का रोका, जुम्कित लामा कार्कीलाई समानुपातिक सांसद बनाउने बनाउने तयारी गरेको छ । यस्तै नेकपा एकिकृत समाजवादीले बसन्त कुमार विश्वकर्मालाई समानुपातिक सांसद बनाउने तयारी छ ।

यस्तै राप्रपाले सन्तोषी शाहीलाई सांसद बनाउने भएको छ । दलहरुले यो सूचि निर्वाचन आयोगमा बुझाउने तयारी गरेका छन् । यद्यपी नेता तथा कार्यकर्ताको दबाब थपिने भएकाले सूचि बुझाउन केही समय लाग्ने सम्भावना पनि छ ।

समानुपातिकतर्फ समावेशी कोटा अन्तर्गत ४ जना दलित, १० जना खस आर्य र २ जना जनजाती महिला गरेर १६ जना सांसद बन्नेछन् ।

जसमा दलहरुले १३ जना महिला र ३ जना पुरुषको नाम पेश गर्ने तयारी गरेका छन् । दलहरुले बुझाएको सूचिबाटै आयोगले समानुपातिक सांसदका रुपमा प्रदेशसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र दिनेछ ।

प्रत्यक्ष चुनावबाट निर्वाचित भएर आएका २४ जना र समानुपातिक १६ जना गरेर कर्णाली प्रदेशसभामा ४० जना सांसद रहनेछन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ७ : ३४ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका