दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा | Khabarhub Khabarhub

दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन् ।

आफ्नो विचार र सिद्धान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उनले बताएका छन् । पूर्व प्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका थिए ।

नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका कुनै पनि दलले मनाङे विरुद्ध उम्मेदवारी दिएका थिएनन् ।

 

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ६ : ३२ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले