माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरी जवान भरतराम कोली सार्वजनिक « Khabarhub

माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरी जवान भरतराम कोली सार्वजनिक


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैतडीको पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गरी कोलीलाई सार्वजनिक गरेको हो । कोलीलाई कञ्चनपुर प्रहरीले आइतबार बिहान १० बजे महेन्द्रनगर बसपार्कबाट नियन्त्रणमा लिएको थियो ।

उनलाई आइतबार राति नै बैतडी ल्याएको प्रहरीले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । प्रारम्भिक अनुसन्धानबाट हत्या आरोपित भरतराम कोलीले ११ गते नै मायाको मोबाइल नियन्त्रणमा लिएर आफ्नै घर लगेको र १३ गते मोबाइल लिनका लागि मायालाई शिवनाथ ६ को नेपाल टेलिकमको टावर नजिकै बोलाएको खुलेको प्रहरीले जनाएको छ ।

भरतराम कोली र मायाबीच प्रेम सम्बन्ध रहेको र भरतरामले भेटका क्रममा अन्यलाई पनि प्रेम गरेको लाल्छना लगाउँदै आफूसँगै भएको चक्कु प्रहार गरी हत्या गरेको खुलेको प्रहरी नायव उपरीक्षक जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

मायाको हत्या गरिसकेपछि मायाँसँगै रहेकी नेहाले घटनाबारे अन्यलाई जानकारी गराउने डरले उनले नेहाको पनि हत्या प्रयास गरेर घाँटीमा छुरा प्रहार गरेको प्रहरीले अनुसन्धानबाट खुलेको जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४को परिच्छेद १२ को दफा १७७ र परिच्छेद १२ को १८३ मुद्दा शीर्षकमा सोमबार जि अदातलाट १० दिनको म्याद थप गरी उनीविरुद्ध अनुसन्धान अघि बढाइएका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ८ : ०० बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा