चीनबाट फर्केका विद्यार्थीहरूको भविष्य अन्योलमा | Khabarhub Khabarhub

चीनबाट फर्केका विद्यार्थीहरूको भविष्य अन्योलमा


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दुई वर्षअघि चीनको उहानमा कोरोना भाइरस संक्रमित भेटिएपछि उच्च शतर्कता अपनाउँदै सरकारले चीनका विभिन्न विश्वविद्यालयबाट नेपाल फर्काएका एमबीबीएस अध्ययनरत विद्यार्थीहरूको भविष्य यतिबेला अन्योलमा परेको छ ।

चीन सरकारले चासो नदेखाउँदा एमबीबीएस अध्ययन गर्न गएका सन् २०१५ र २०१६ ब्याचका १५३ जना विद्यार्थीहरूको भविष्य अन्योलमा परेको हो ।

चीनमा कोरोना सांक्रमणदर उच्च रहेका बेला नेपाल सरकारले उद्धार गरेर ल्याएका ती विद्यार्थीहरू कोरोना संक्रमण दर न्यून भएर अवस्था सामान्य भइसक्दा पनि चीन फर्किन नपाएपछि विद्यार्थीहरू समस्यामा परेका हुन् ।

विद्यार्थीहरूले अध्ययन पूरा गर्न चीन फर्किन नपाएको र यहाँको मेडिकल कलेजमा पनि अध्ययन गर्न नपाएको उनीहरूले बताएका छन् ।

विद्यार्थीहरूले बाँकी अध्ययन पूरा गर्न चीन पठाउन या नेपालमै अध्ययन पूरा गर्ने व्यवस्था गर्न पटक–पटक आन्दोलन गरे पनि उनीहरूको माग सम्बोधन भएको छैन ।

यसअघि एमबीबीएस अध्ययनरत विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोगमा नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै धर्ना दिएका थिए ।

चीनमा कोरोना संक्रमणदर कम भए पनि कोरोना भाइरस संकटका बेला नेपाल आएका विद्यार्थीहरूलाई चीन सरकारले भिसा नदिएको गुनासो उनीहरूले गरेका छन् ।

एमबीबीएसका विद्यार्थीले इन्टर्नसिप गरेपछि मात्र चिकित्सकको आवेदन दिन पाउने व्यवस्था नेपाल मेडिकल काउन्सिलले गरेको छ ।

चीनका विभिन्न विश्वविद्यालयबाट विदामा नेपाल आएका तथा कोरोना भाइरसका कारण नेपाल फर्किएका विद्यार्थीहरुको भविष्यमा अन्योलमा परेको हो ।

पहिला चिनियाँ खोप लगाएका नागरिकहरूलाई मात्र चीनमा प्रवेश दिने निर्णय गरेको चीन सरकारले उक्त खोप लगाउँदा पनि आफूहरूलाई भिसा नदिएको उनीहरूको गुनासो छ ।

सन् २०१६ ब्याचका एक विद्यार्थीका अनुसार इन्टर्नसिपको लागि अहिलेसम्म सरकारले कुनै औपचारिक निर्णय गरेको छैन ।

चीनको वेफाङ मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीले नाम नखुलाउने शर्तमा भने, ‘गत हप्ता बसेको मन्त्रिपरिषदको बैठकले विद्यार्थीहरूको माग सम्बोधन गर्ने निर्णय गरेको जानकारी त पाएको छु तर यसको आधिकारिक निर्णय के आयो भन्ने हामीलाई थाहा छैन ।’

त्यस्तै चीनको तिन्झाङ मेडिकल युनिभर्सिटीमा एमबीबीएसमा अध्ययनरत अर्का एक विद्यार्थीले समयमै इन्टर्नशिप गर्न नपाउँदा एक वर्ष घाटा लागेको बताए । खबरहबसँगको कुराकानीमा उनले भने, ‘हाम्रो आन्दोलनपछि सरकार केही सकारात्मक त देखिएको छ तर अझै हाम्रो व्यवस्थापनबारे ठोस निर्णय हुन नसकेकाले हामी ढुक्क हुन सकेका छैनौँ ।’

चीनबाट फर्केको दुई वर्षभन्दा बढी समय हुँदा पनि विद्यार्थीहरूको भविष्यप्रति सरकार गम्भीर नहुनु आशालाग्दो नभएको उनले बताए । उनका अनुसार सरकारले विद्यार्थीहरूको विययमा चीन सरकारसँग समन्वय गर्न सकेको छैन ।

विद्यार्थी व्यवस्थापनका लागि सरकारसँग विद्यार्थीले बारम्बार चिनियाँ सरकारसँग समन्वय गरेर चीनमै पठाउन आग्रह गर्दा पनि कुनै टुङ्गो नलाग्नु भनेको चिनियाँ सरकारसँग नेपाल सरकारले वार्ता गर्न नसकेको ती विद्यार्थीले दाबी गरे । समयमै इन्टर्नसिप गर्न नपाउँदा भविष्य नै अन्योलमा परेको गुनासो विद्यार्थीहरूको छ ।

अहिले चीनबाट फर्केका १ सय ५३ जना विद्यार्थीहरू इन्टर्नसिपको माग राख्दै शिक्षा मन्त्रालयदेखि चिकित्सा शिक्षा आयोगसम्म धाइरहेका छन् ।

आफ्ना माग सम्बोधन गराउन विभिन्न मन्त्रालय र आयोग धाउँदा आफूहरू दिक्क भइसकेको उनीहरू बताउँछन् ।

सरकारबाटै स्वीकृति लिएर चीनमा अध्ययन गर्न गए पनि अहिले सरकारले वेवास्ता गर्दा आफूहरू मर्कामा परेको उनीहरूको गुनासो छ ।

आफूसँगै पढेका अन्य साथीहरू अध्ययन सकेर काममा लागिसक्दा पनि आफूहरू अध्ययन पूरा गर्नको लागि मन्त्रालयहरूमा धाउँदा मानसिक तनावमा परेको उनीहरू बताउँछन् ।

चीनमा आफूहरूसँगै पढेका अन्य देशका साथीहरूले इन्टर्नसिप गरे पनि आफूहरूले गर्न नपाउँदा दुःख लागेको विद्यार्थीहरू बताउँछन् ।

सन् २०१५ ब्याजमा चीन सरकारको छात्रवृत्तिमा अध्ययन गर्न गएका झण्डै २० जना, अङ्ग्रेजी र चिनियाँ दुवै भाषामा एमबीबीएस अध्ययन गरेका एक सय जना र २०१६ मा अंग्रेजी माध्यमबाट एमबीबीएस अध्ययन गरेका विद्यार्थीहरू सहित जम्मा १५३ जना विद्यार्थीहरूको भविष्य अन्योलमा परेको हो ।

यी विद्यार्थीहरू २०७६ सालको अन्तिममा नेपाल आएका थिए ।

समस्या समाधानका लागि प्रयास भइरहेको छ: सहसचिव लम्साल

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालले चीनबाट फर्केका विद्यार्थीहरूको समस्या समाधानको लागि गृहकार्य भइरहेको बताए ।

उनका अनुसार विद्यार्थीहरूको समस्या समाधानका लागि शिक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको प्रस्ताव पारित भएको छ । तर प्रस्ताव थपघट कसरी पारित भएको छ भन्ने कुरा अझै नआएकाले अहिले नै विद्यार्थीहरूले कसरी बाँकी अध्ययन पूरा गर्न पाउँछन् भन्नेबारे निर्णय आएपछि मात्र भन्न सकिने उनको भनाइ छ ।

विद्यार्थीहरूले अध्ययन पूरा गरेको भने पनि नेपाल मेडिकल काउन्सिलले सन् २०१६ मा भर्ना भएकाका सबै विद्यार्थीहरूको पढाइ नसकिएको जानकारी दिएकाले पढ्न बाँकी रहेका विद्यार्थीहरूलाई अध्ययन पूरा गराएर मात्र इन्टर्नसिप गर्न दिने र पढाइ सकेकालाई नेपालमै इन्टर्नसिप गर्न पाउने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयले मन्त्रिपरिषदमा गत हप्ता प्रस्ताव पठाएको थियो ।

मन्त्रीपरिषद्ले गरेको निर्णय आएपछि मात्र उनीहरूलाई कसरी र कहाँ पढाउने कसलाई इन्टर्नसिप गर्न दिने भन्ने विषयमा गृहकार्य हुने उनको भनाइ छ ।

‘मन्त्रिपरिषदको निर्णय आएपछि शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगसँग समन्वय गरेर विद्यार्थीहरूको समस्या समाधान गरिनेछ ।,’ उनले भने ।

सन् २०१४ ब्याचका विद्यार्थी इन्टर्नसिप गर्दै

कोरोना कालमै चीनबाट फर्केका चीनकै विश्वविद्यालयहरूमा एमबीबीएस अध्ययन गरेका सन् २०१३ र २०१४ का ब्याचका विद्यार्थीहरूले भने नेपालमै इन्टर्नसिप गर्न थालेका छन् ।

उनीहरूले पनि नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै आन्दोलनमा लामो समय खर्चिएपछि मात्र इन्टर्नसिप गर्ने अवसर पाएका हुन् ।

सन् २०१३ र २०१४ ब्याचका विद्यार्थीहरूले अहिले वीर अस्पताल, सिभिल, महाराजगञ्ज शिक्षण अस्पताल लगायत विभिन्न अस्पतालहरूमा इन्टर्नसिप गरिरहेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ८ : ०५ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले