चिसोका कारण सिरहामा वृद्धाको मृत्यु « Khabarhub

चिसोका कारण सिरहामा वृद्धाको मृत्यु


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो ।

घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम कामतीले जानकारी दिए । यसअघि गत मङ्गलबार चिसोका कारण कठ्याङ्ग्रिएर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ निवासी ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ निवासी ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको थियो ।

अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित पाँच स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । सो उपमहानगरपालिकासहित धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालयमा बिदा दिएका हुन् ।

चिसोका कारण निमोनिया, कोल्डडायरीया, दम, रुघाखोकी र स्वासप्रस्वाससम्बन्धी समस्या लिएर बिरामी आउन थालेका छन् । विशेष गरी ग्रामीण क्षेत्रका विपन्न बस्तीमा चिसोले बढी प्रभाव पारेको देखिएको छ । टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ७ : ३५ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।