रियल मड्रिड र बार्सिलोना अन्तिम १६ मा « Khabarhub

रियल मड्रिड र बार्सिलोना अन्तिम १६ मा


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेका छन् । बुधबार राति भएको छुट्टाछुट्टै खेलमा जित हात पार्दै दुई क्लब प्रि–क्वाटरफाइनलमा प्रवेश गरे ।

भ्रमणकारी टोली रियलले दोस्रो श्रेणीको एल्कोयानोलाई ३-१ ले पराजित गर्‍यो । रियलको जितमा इडर मिलिसाओ र मार्को एसेन्सियोले गोल गर्दा एक गोल घरेलु टोलीका ड्यानी भेगाको आत्माघाति रह्यो । एल्कोयानोको लागि ड्यानी भेगाले एक गोल गरे ।

अर्काे खेलमा क्याटलान क्लब बार्सिलोनाले घरेलु टोली लिनरस डिपोर्टिभोलाई २–१ अन्तरले पराजित गर्‍यो । पुनरागमन जित निकाल्ने क्रममा बार्सिलोनाको लागि औसमाने डेम्बेले र फेरान जटग्लाले एक-एक गोल गरे ।

यसअघि डिपोर्टिभोका हुगो डिआजले १९औँ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा बार्सिलोना खेलमा फर्कियो । डेम्बेलेले ६३ मिनेटमा बराबरीको अवस्थामा ल्याए । फेरानले ६९ मिनेटमा विजयी गोल गरे ।

बार्सिलोनाका ब्राजेलियन डिफेण्डर ड्यानी अल्भेसले यसै खेलमार्फत दोस्रो पटक डेब्युसमेत गरेका छन् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ८ : २० बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले