आर्थिक वर्षको पाँच महिनामा साढे १४ अर्ब रकमान्तर « Khabarhub

आर्थिक वर्षको पाँच महिनामा साढे १४ अर्ब रकमान्तर


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुँजीगत खर्च बढाउन नसकेको सरकारले चालू आर्थिक वर्ष २०७८÷०७९ को पाँच महिनामा साढे १४ अर्ब रुपैयाँ रकमान्तर गरेको छ ।

विभिन्न मन्त्रालयबाट आर्थिक सहायता, भैपरी आउने साधारण खर्चका लागि अर्थ मन्त्रालयले रकमान्तर गरेको हो ।

मन्त्रालयले साउनमा ६ अर्ब ३६ करोड, भदौमा दुई करोड १६ लाख, असोजमा ३८ करोड ५५ लाख, कात्तिकमा १५ करोड ७९ लाख र मंसिरमा सात अर्ब ४९ करोड रुपैयाँ रकमान्तर गरेको पाइएको छ ।

रकमान्तरमध्ये खोप खरिद तथा ढुवानीमा खर्च भएको छ । यसैगरी पुनर्निर्माण प्राधिकरण कर्मचारीको पारिश्रमिक, राष्ट्रिय जनगणना २०७८ को गणकलाई भुक्तानी दिन प्रयोग भएको छ ।

यसैगरी भिआईपीदेखि सर्वसाधारणसम्मलाई दिएको उपचार खर्च र आर्थिक सहायताका लागि समेत रकमान्तर गरिएको छ ।

साउनमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको एपोलो अस्पतालमा उपचार खर्च भुक्तानी गर्न ४८ लाख ५० हजार रकमान्तर गरिएको छ । यस्तै रघुजी पन्तलगायतलाई आर्थिक सहायताका लागि भदौमा २७ लाख रकमान्तर भएको छ ।

यसैगरी कात्तिक महिनामा पूर्वउपराष्ट्रपति डा. रामवरण यादवलाई आर्थिक सहयोग गर्न १० लाख र मंसिरमा पूर्वमन्त्री प्रदीप नेपालसहित तीनजनालाई आर्थिक सहायता उपलब्ध गराउन ३२ लाख गृह मन्त्रालयका नाममा रकमान्तर गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ३ : ०० बजे

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादवकाठमाडौं– उपराष्ट्रपति

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।