धरानका मुख्य खानेपानीको ट्रंक लाइनको मर्मत सुरु « Khabarhub

धरानका मुख्य खानेपानीको ट्रंक लाइनको मर्मत सुरु


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–धरान खानेपानी व्यवस्थापन बोर्डले चारेकोशे जंगल क्षेत्रबाट ल्याईने खानेपानीको मूख्य ट्रंक लाईन (पाईप)मा लिकेज भएपछि त्यसको रोकथाम गर्नका लागि आजदेखि मर्मत कार्य सुरु गरेको छ ।

बोर्डका अनुसार खानेपानीका ट्रंक लाईन पुरानो फुटेको भएको कारणले गर्दा लिकेजको समस्या भएको हो । चारकोशे जंगलको १ नं. वेल हाउसको मुख्य ट्रंक लाईनमा स्लुईस भल्भ बिग्रिएर खानेपानी चुहावट भएको कारण ट्रंक लाईनमा नयाँ स्लुईस भल्भ राख्नका लागि बिहीबार बिहानैदेखि काम थालिएको बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले बताए ।

चारकोशे जंगलबाट ल्याईने मूख्य ट्रंक लाईनको पाँच स्थानमा लिकेज भएको छ भने धरान क्षेत्रको बरगाछी चौक र धनकुटे रोडमा लिकेज भएको छ । उक्त स्थानमा वेल्डिङ गरेर लिकेज बन्द गर्ने कार्य धमाधम सुरु गरिएको पनि पोखरेलले जनाए । उनका अनुसार २४ घण्टाभित्र मर्मत कार्य सकिने छ । फुटेको ट्रंक लाईनमा वेल्डिङ गरिसकेपछि १० देखि २० प्रतिशतसम्म पानीको उत्पादन बढ्नेछ ।

खानेपानी लिकेज भएको मूख्य ट्रंक लाईनको मेयर तिलक राईले बिहीबार स्थलगत रुपमा अनुगमन गर्नु भएको छ । अनुगमनको क्रममा बोर्डका अध्यक्षसमेत रहेका मेयर राईले लिकेज भएको स्थानको चाँडै मर्मत कार्य सक्न निर्देशन दिएका छन् ।

यस्तै, ८ नं. वेल हाउसमा जडान गरेको एक महिना नबित्दै मोटर जलेको कारण समस्या भएको बोर्डका इञ्जिनियर प्रशान्त अधिकारीले जानकारी दिए ।

उनले त्यहाँ नयाँ मोटर जडान गर्नका काम सुरु भएको बताए । उनले जंगल क्षेत्रमा रहेको वेल हाउसमा राखिएको ट्रान्सफर्मरहरु सुरक्षित नभएको बताउँदै अहिले ४ वटा वेल हाउसमा अर्थिङ लगाईसकिएको जनाए । बाँकी २ वटा वेल हाउसमा अर्थिङ लगाउने कार्य भईरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ३ : ४५ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान