बतास समूहमा संलग्नता नरहेको कांग्रेस नेत्री डा. आरजुको प्रष्टोक्ति | Khabarhub Khabarhub

बतास समूहमा संलग्नता नरहेको कांग्रेस नेत्री डा. आरजुको प्रष्टोक्ति


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नारायणहिटी दरबार संग्रहालय परिसरमा रेष्टुरेण्ट निर्माण गरिरहेको बतास समूहको बतास फाउण्डेशनमा कांग्रेस केन्द्रीय सदस्य तथा प्रथम महिला डा. आरजु राणा देउवाको संलग्नता रहेको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित गरेपछि डा. देउवाले सो विषयमा प्रष्टीकरण दिएकी छन् ।

विहीबार फेसबुकमा स्टाटस लेख्दै उनले आफू संलग्न रहेका संस्थाहरुको नाम उल्लेख गरेकी छन् । उनले ती संस्थाबाहेक अन्य कुनै पनि संस्थासँग आवद्ध नरहेको बताएकी छन् । उनले भेनकी छन्, ‘सञ्चार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा मेरो ध्यानाकर्षण भएको छ, तल उल्लेखित संस्थाहरु बाहेक अरु कुनै पनि संस्थाहरुमा सल्लाहकार अथवा अन्य कुनै पदमा मेरो संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु ।’

डा. देउवा संलग्न रहेका संस्थाहरु

१. ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक), नेपाल Rural Women’s Development and Unity Centre (RUWDUC) (संस्थापक अध्यक्ष तथा सल्लाहकार)

२. साथी, नेपाल (संस्थापक, पूर्व अध्यक्ष तथा सल्लाहकार)

३. सुरक्षित मातृत्व संजाल महासंघ ( संस्थापक एवं वर्तमान अध्यक्ष)

४. नामी (अध्यक्ष)

५. उल्लेन्स स्कुल (अध्यक्ष, बिद्यालय व्यवस्थापन समिति)

६. Blood Donors association of Nepal BLODAN (संरक्षक)

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ७ : ५८ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित