टाटा मोटर्स बन्यो सबैभन्दा बढी गाडी बिक्री गर्ने दोस्रो कम्पनी « Khabarhub

टाटा मोटर्स बन्यो सबैभन्दा बढी गाडी बिक्री गर्ने दोस्रो कम्पनी


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टाटा मोटर्स भारतीय बजारमा सबैभन्दा बढी यात्रुबाहक गाडी बिक्री गर्ने कम्पनीमध्ये दोस्रो स्थानमा परेको छ । यसभन्दा अघि हुन्डाईले बजारमा टाटाको तुलनामा बढी गाडी बिक्री गर्दै थियो । सन् २०२१ को डिसेम्बरसम्मको तथ्यांक अनुसार भने हुन्डाईको बिक्रीलाई उछिन्दै टाटा मोटर्स दोस्रो स्थानमा परेको हो ।

यसबाहेक टाटाले सन् २०२१ को डिसेम्बर महिनामा मात्रै मासिक दरमा सबैभन्दा बढी गाडी बिक्री गरेको छ । त्यस्तै, कम्पनीले अक्टोबरदेखि डिसेम्बरबीचको त्रैमासिकमा समेत धेरै गाडी बिक्री गर्यो । सन् २०२१ को सुरुआतदेखि अन्तिमसम्मको बिक्री आंकडा अनुसार भने वर्षभरिमै सबैभन्दा बढी गाडी बिक्री गरेको हो ।

तथ्यांक अनुसार टाटा मोटर्सले डिसेम्बरमा मात्रै ३५ हजार ३ सय वटा गाडी बिक्री गरेको छ । त्यस्तै दक्षिण कोरियाली कार उत्पादन कम्पनी हुन्डाईले भने डिसेम्मबरमा जम्मा ३२ हजार ३ सय १२ वटा गाडी बिक्री गरेको छ ।

टाटा मोटर्सले अक्टोबरदेखि डिसेम्बरको त्रैमासिकमा ९९ हजार गाडी बिक्री गरेको छ भने सन् २०२१ को अन्तिम दिनसम्ममा जम्मा ३ लाख ३१ हजार वटा गाडी बिक्री गरेको छ ।

बजारमा सेमिकन्डक्टरको अभावका कारण उत्पादनमा कमी देखिए पनि टाटा मोटर्स लिमिटेडका प्यासेन्जर भेहिकल बिजनेस युनिटका अध्यक्ष सैलेस चन्द्रले कम्पनीको यात्रुबाहक सवारीको व्यवसायले त्रैमासिक अवधिमा धेरै नयाँ कोसेढुङ्गा कायम गरेको बताएका छन् ।

‘टाटा मोटर्सले दशक कै उच्च त्रैमासिक र मासिक बिक्री रेकर्ड बनाएको छ । गत आर्थिक वर्षको तुलनामा २०२१ मा कम्पनीको सेल्समा ठूलो परिवर्तन देखिएको छ,’ अध्यक्ष चन्द्रले भने, ‘कम्पनीले सन् २०२१ मा कुल ३ लाख ३१ हजार १ सय ७८ वटा गाडी बिक्री गरेको छ । टाटाले यात्रुबाहक सवारी साधनको व्यवसाय स्थापना सुरू गरेदेखिको यो अहिलेसम्मकै उच्च बिक्री तथ्यांक हो ।’

उनका अनुसार ‘न्यू फरेबर’का मोडलहरूका कारण पनि गाडीको बिक्री र माग बढेको हो ।

टाटा मोटर्सले सन् २०२१ मा विद्युतीय गाडीको समेत बिक्री बढाएको छ । कम्पनीले २०२१ अन्तिमसम्ममा मात्रै कुल २२ हजार ५ सय ५५ वटा विद्युतीय गाडी बिक्री गरेको छ । अघिल्लो आर्थिक वर्षको त्रैमासिकमा जम्मा १.८ प्रतिशत विद्युतीय गाडी बिक्री गरेको टाटा मोटर्सले यस वर्षको त्रैमासिकसम्ममा मात्रै विद्युतीय गाडीको बिक्री ५.६ प्रतिशतले बढाएको हो ।

कम्पनीका अनुसार यसले सन् २०२१ को डिसेम्बरमा पहिलोपटक मासिक २ हजारभन्दा बढी विद्युतीय गाडी बिक्री गरेको हो ।

‘बजारमा विद्युतीय नेक्सन र विद्युतीय टिगोरको माग  बढेको टाटा मोटर्सले जनाएको छ । जसले गर्दा विद्युतीय मोडलहरूको बिक्रीमा तीव्रता पाएको छ । समग्रमा विद्युतीय मोडलहरूले राम्रो बजार पाएको छ,’ कम्पनीको प्यासेन्जर भेहिकल बिजनेस युनिटका अध्यक्ष सैलेस चन्द्रले भने, ‘भविष्यमा पनि सेमिकन्डक्टरको आपूर्ति अनिश्चितताका कारण उत्पादन एवम् बिक्रीमा केही प्रभाव पर्ने सम्भावना छ । यसको लागि कोभिडको जोखिमलाई पनि नजिकबाट ट्रयाक गर्न आवश्यक छ । यद्यपि हामी व्यवसायिक योजनाका काम जारी राख्नेछौं ।’

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  १२ : ३२ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकियो

भक्तपुर– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

मकै पोलेर आम्दानी

मोरङ– बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम

गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने

गण्डकी– यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

गाँजासहित दुई जना पक्राउ

सुनसरी– धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम (केजी) गाँजासहित दुई जनालाई

काठमाडौंमा माघमा ९७६ अपराधका मुद्दा दर्ता

काठमाडौं– काठमाडौं जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता भएका