मानवता हराएको सहरमा छु, आमा ! « Khabarhub

मानवता हराएको सहरमा छु, आमा !

ब्लग



आफैं टेकु अस्पताल पुग्नसक्छु भन्ने आँट थिएन। तर, हरेस खाइन। साथीलाई कल गरेँ। तर, टेकु अस्पताल भन्ने बित्तिकै झस्किएपछि कर गरिन्। कोही साथमा नभएर के भो त पठाओ त छ नि भन्ने लाग्यो। पठाओ बोलाएर टेकु अस्पतालको बाटो तय गरेँ।

केही दिन अगाडिको कुरा हो। कोरोना परीक्षण गराउन टेकु अस्पताल जाँदै थिएँ। टेकु अस्पताल पुग्नै लाग्दा कालिमाटी साइडमा एउटा स्कुटर पल्टिएको देखेँ। स्कुटर नजिकै २०–२२ वर्षका युवक पल्टिएका थिए।
……
साढे १ बजे टेकु अस्पतालको पीसीआर बन्द हुने भएकाले त्यो भन्दा अगाडि पुग्नु थियो। बाटोमा यस्ता मान्छे धेरै देखिन्छन् भन्ने सोचेर अस्पतालतर्फ मोडिए। अस्पतालमा पुग्दा ठ्याक्कै साढे १ बज्यो। हतारहतार स्वाब दिएँ। मनमा बाटाकोे दृष्य कैद नै थियो। स्वाब दिने बित्तिकै करिडोरकै बाटो छोटो पर्छ भनेर त्यै बाटो फर्किएँ।

फर्किदै गर्दा अन्दाजी ५० वर्षीया महिलाको चित्कार सुनेँ। त्यहाँ जाऊ कि नजाऔँ मन बाँझियो। दोधारमा परेँ। एक मनले कोराना हुनसक्छ नजा भन्यो। अर्को मनले डबल मास्क लाएर जाँदै केही हुँदैन भन्यो।

अवरपर एक दुईजना रमितेबाहेक कोही थिएनन्। गएर के भनौँभनौँ भयो। सम्बोधन आमाको गरेँ, ‘के भएको आमा ?’ चित्कारमै उत्तर आयो, ‘मानवता हराएको सहरले मेरो छोरा मार्यो नानी..’

उत्तर फर्काउने समथ्र्य ममा आएन। के भनौँ के भनौं भएँ। ‘अहिलेको अवस्था यस्तै छ आमा मानवता भन्दा पहिला महामारीले छेक्नेरैछ’, म बोल्दै थिए आमाको उत्तर आयो, ‘मेरो छोरो मुटुको बिरामी थियो नानी। बेलैमा अस्पताल पुगेको भए आज मैले छोरो गुमाउनुपर्ने थिएन।’ ती आमाको चित्कारले मन पोल्न थाल्यो। के भन्ने के नभन्ने म उकुसमुकुस मात्र भएँ। वास्तवमै मसँग कुनै जवाफ नै थिएन।

तपाईहरु यहाँबाट हट्नुस भन्दै पुलिसको भ्यान आयो। लाग्यो, यो गाडी घण्टा पहिला आएको भए एक युवकको अकालमै ज्यान जाने थिएन।

म त केवल सोच्ने पात्र मात्रै बनेँ। वास्तविकता त अर्कै छ अहिलेको। कोरोना नामको आतंकले तपाईं हाम्रो मानवतालाई छपक्कै छोपेको छ। हाम्रो बुझाई गलत बन्दै गएको छ। स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्ने हो भने त कोरोना लागेकै व्यक्ति नजिक हुँदैमा कोरोना सर्ने पनि होइइन। तर, गलत बुझाइले कोरोना लागेको व्यक्तिको नजिक पुग्दा मरिन्छ जस्तै गर्छन् मान्छे। जुन बुझाईको दुष्परिणाम कोरोना नभएकाले भोग्नु परेको छ।

घरबाट घण्टै पिच्छे फोन आइरहेको थियो, ‘रिपोर्ट के आयो ?’ मेरो रिपोर्ट भन्दा धेरै चिन्ता त साच्चै मानवता हराएकोमा लागेको थियो। हुन त मान्छे स्वभावले नै स्वार्थी हुन्छ। तर, पनि यो समयमा अलिकति मानवता भए हुन्थ्यो जस्तो लाग्छ। तर, बिडम्बना भन्नुपर्छ हाम्रो समाजमा त्यो छैन।

आमाको बोली सम्झिन्छु, ‘दुई हात फिजाएर दिनुपर्छ नानी, आफूलाई पर्दा पनि पाइन्छ।’ मेरी आमालाई के थाहा म मानवता हराएको सहरमा छु.। दिन त मैले पनि दुई हातले नै दिएकी थिएँ। तर, जसले मलाई संकट पर्दा कोरोनाको तगारो देखेँ। यो समय तेरो मेरो भनेर बस्ने होइन। तर, पनि के एकले अर्कोलाई सहयोग गर्दैमा केही बिग्रिने हो र ? के कोरोना संक्रमितलाई छुँदैमा कोरोना लाग्छ ? आफ्नो मान्छेलाई कोरोना भयो भने के हामी नजिक नभएर बस्न सक्छौ ? एउटा सानो सहयोगले कसैको ज्यान बच्छ भने के त्यति गर्ने सक्दैनौं ? के सानो सहयोग गर्न नि कसैको अनुमति लिनुपर्छ र ? हामीमा थोरै भने पनि मानवता जीवितै छ भने पक्कै पनि यो सोच आउने छैन।

त्यसैले भन्न मन लाग्यो, यो कोरोनाको तेस्रो लहरले थोरै भए पनि सहयोगको भाव थपियोस्। सहयोग नपाएर अकालमा कसैले ज्यान गुमाउन नपरोस्, पत्थर जस्तै बन्दै गएका मानव मनमा थोरै भए पनि मानवता झल्कियोस्। तेरो मेरोको होइन भाइचाराको व्यवहारले आत्मियता बढाइदिओस्। अनि, मैले जस्तै अरुले पनि भन्न नपरोस्, ‘पीर नलिनु आमा, म मानवता हराएको सहरमा छु।’

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १० : ०० बजे

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा