आज २०७८ साल माघ २३ गते आइतबारको राशिफल « Khabarhub

आज २०७८ साल माघ २३ गते आइतबारको राशिफल


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७८ माघ २३ गते आइतबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो फलादेश :

मेष : आजको दिन राम्रो रहेको छ। आफ्नो पुरुषार्थले गरेको कार्यमा विद्या, बुद्धि, पुत्र, व्यापारबाट निकै सन्तोष रहने योग छ। मातापिताबाट पाउने स्नेहबाट बन्चित रहनुपर्ला। विद्याको क्षेत्रमा ठिकै छ। अन्य राजनीतिक र वैदेशिक क्षेत्रमा भने सोचेर मात्र अगाडि बढ्नुहोला।

वृृष : आजको दिन राम्रो छैन। विद्याको क्षेत्रमा ठूलो लगानी नगर्नुहोला। आर्थिक क्षेत्रमा लगानी उठ्नेभन्दा लगानी गर्न प्रेरणा गर्नेहरु धेरै छन्। सावधान रहनुहोला। राजनीतिक क्षेत्रमा भने धेरै हौसला मिल्नेछ। गरेको लगानीले प्रशंसा पाउने योग छ। सामाजिक प्रतिष्ठामा आज धेरै आशा गर्ने ठाउँ छैन। बरु कसैका कुरा नपत्याउने योग परेको छ।

मिथुन : दिन सामान्य राम्रो छ। शिक्षाको क्षेत्रमा जोश जाँगर, उत्साह बढ्नेछ। दाम्पत्य जीवनमा सफल हुने योग छ। बिग्रिएको सम्बन्ध पुर्नमिलन हुने योग छ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा भने घाटा हुनेछ।

कर्कट : दिन राम्रो छ। विद्याको क्षेत्रमा गरेको लागानीले राम्रो हुनेछ। आर्थिक क्षेत्रमा भने अवरोध खडा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानी सन्तोषजनक हुनेछ। बिहानै उठेर गणेश भगवानको पूजा गरेमा सफलता मिल्नेछ।

सिंह : दिन सामान्य छ। श्रम लगानीले धेरै सन्तोष दिलाउने सम्भावना छ। आर्थिक र सामाजिक क्षेत्रमा सोचेर अगाडि बढ्नु। वैदेशिक क्षेत्रमा अगाडि बढे उत्साहजनक रहेको छ, निसङ्कोच काम गर्नुहोला।

कन्या : दिन राम्रो भन्नुपर्ला। विद्याको क्षेत्रमा उत्साहजनक छ। श्रम लगानीले उल्लेखनीय लाभ मिल्नेछ। मित्रहरुले घेराबन्दी गर्नेछन् सतर्कता अपनाउनुहोला। वैदेशिक क्षेत्र राम्रो छ।

तुला : दिन त्यत्ति राम्रो छैन। आर्थिक र सामाजिक क्षेत्रमा खुट्टा तान्ने धेरै छन्, सतर्कता अपनाउनुहोला। वैदेशिक क्षेत्रमा गरेको लगानीको नतिजा राम्रो हुनेछ।

वृश्चिक : दिन राम्रो छैन। हरेक कुरामा सतर्क रहनुहोला। वैदेशिक क्षेत्रमा लगानी रोक्नुहोला। शिक्षामा सन्तोषजनक नतिजा देखिँदैन। विद्याको क्षेत्रमा भने आफैंले गरेको श्रमको लगानी उठ्नेछ।

धनु : सामान्य राम्रो भन्नुपर्ला। आफन्त र साथीभाइले राम्रो सहयोग गर्नेछन्। आफ्नै श्रम र सीपले कमाउने योग छ। पठनपाठनमा जाँगर चल्नेछ। हिम्मत गर्नुहोस् वैदेशिक क्षेत्रमा राम्रो छ। अन्य क्षेत्र सामान्य छ।

मकर : आजको दिन आर्थिक र विद्याको क्षेत्रमा निकै राम्रो छ। सबैले सहयोग गर्नेछन्। तर, वैदेशिक क्षेत्रमा लगानी गरेमा घाटा हुनेछ। यस्तो लागनी नगर्नुहोला।

कुम्भ : आजको दिन आफ्नो बोलीको प्रभाववले सबैको प्रशंसा पाउने योग छ। शैक्षिक क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा होला। आफूलाई झुक्याएर कमाउने धन्दामा लागेकाहरु सक्रिय छन्। सावधानी अपनाएर आर्थिक कारोबार गर्नुहोला।

मिन : आजको दिन राम्रो छ। आफ्नै राशिमा चन्द्रमाले भ्रमण गर्दैछन्। धेरै दोषबाट मुक्त हुने योग छ। आर्थिक सामाजिक क्षेत्रहरु उत्साहजनक भएपनि वैदेशिक क्षेत्रमा भूलेर पनि लगानी नगर्नुहोला। विद्याको क्षेत्र भने सन्तोषजनक रहेकोले लगानी गर्नु उपयुक्त हुन्छ।

 

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ५ : ०७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर