हिउँले कठ्याङ्ग्रिएर जुम्लामा महिलाको मृत्यु | Khabarhub Khabarhub

हिउँले कठ्याङ्ग्रिएर जुम्लामा महिलाको मृत्यु


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जिल्लाको तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर निधन भएको छ ।

यही माघ २० गतेदेखि परेको हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको निधन भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिए। उनका अनुसार गाउँकै पाटनमा सेतक चिनी (खिरौंला) कोर्न गएको बेला उनीको यही माघ २१ गते निधन भएको हो ।

‘पाटनमा सेतक चिनी कोर्न गएको दिन माघ २० गते राति भारी हिमपात भएपछि २१ गते त्यही हिउँमा कठ्याङ्ग्रिएर उनको मृत्यु भएछ,’ देवीलालले भने, ‘गाउँ फर्केर नआएपछि खोजी गर्दा जैकुवाँरालाई पाटनको जंगलमा मृतावस्थामा भेटियो ।’ सो घटनास्थल सदरमुकाम जुम्लाबाट एकदिनको बाटो भएकोले प्रहरी पुग्न नसेकेको उनले बताए ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ६ : ३४ बजे

दुग्ध उत्पादक किसानलाई २८ लाख रुपैयाँ अनुदान

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई करिब

अपाङ्गता भएका व्यक्तिलाई अनुदानमा बाख्रा र मौरीको घार

गोरखा– गोरखाको भीमसेन थापा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई अनुदानमा उन्नत

ओखलढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु

ओखलढुङ्गा– चिसङ्खुगढी गाउँपालिका–१ कुइभिरमा करेन्ट लागेर  एक जनाको घटनास्थलमै मृत्यु भएको

सेयर होल्डरबाट ‘आजित’ भएका भण्डारीले सम्झिए प्रधानमन्त्रीलाई

काठमाडौं – रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक तथा निर्माता विशाल

बाढीपहिरोले जोमसोम-कोरला सडक अवरुद्ध

मुस्ताङ– अविरल वर्षाका कारण उपल्लो मुस्ताङ जोड्ने जोमसोम–कोरला सडकमार्ग आज