‘ग’ वर्गका अपांगता भएकालाई गाउँपालिकाले मासिक पाँच सय भत्ता दिने « Khabarhub

‘ग’ वर्गका अपांगता भएकालाई गाउँपालिकाले मासिक पाँच सय भत्ता दिने


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्रका ‘ग’वर्गका अपांगता भएका व्यक्तिलाई पनि विशेष सेवा सुविधा दिने निर्णय गरेको छ। गाउँ कार्यपालिका बैठकले माघ महिनादेखि लागू हुनेगरी पालिकाअन्तर्गत ‘ग’ वर्गका अपांगता भएका व्यक्तिहरुलाई मासिक पाँच सय सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो ।

‘क’ र ‘ख’ वर्गका अपांगता भएका व्यक्तिहरुलाई संघ सरकारले नै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको, तर ग‘’ वर्गमा पर्नेहरूले मासिक भत्ता नपाउने भएकाले पालिकाले मासिक उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

‘ग’ र ‘घ’ वर्गका अपांगता भएकाले सेवा सुविधाबाट वञ्चित भएको गुनासो गरेपछि कार्यपालिकाको बैठकले तत्कालका लागि ‘ग’ वर्गलाई पाँच सय मासिक रुपमा उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । सम्बन्धित निकायबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपांगता परिचयपत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरुले सरकारबाट मासिक तीन हजार रुपैयाँ भत्ता पाउँदै आएका छन् ।

यस्तै सम्बन्धित निकायबाट ख‘’ वर्ग अर्थात नीलो अपांगता परिचयपत्र पाएका जुनसुकै नागरिकहरुले सरकारको तर्फबाट मासिक एक हजार ६ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । अपांगता अधिकार ऐन २०७४ अनुसार सबै स्थानीय तहलाई अपांगता परिचयपत्र वितरण गर्न दिएको अधिकारअन्तर्गत गाउँपालिकाले परिचयपत्र वितरण गर्दै आएका छन् । अपांगता भएकाहरुको स्तर र गम्भीरता पहिचान गरी परिचयपत्र वितरण गरिरहेको र सोहीबमोजिम सामाजिक सुरक्षा भत्ताको व्यवस्थापन गरिने अध्यक्ष गुरुङको भनाइ छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ११ : ४५ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति