कांग्रेसका असन्तुष्ट नेताले जिल्ला अधिवेशन नै गर्न नदिने | Khabarhub Khabarhub

कांग्रेसका असन्तुष्ट नेताले जिल्ला अधिवेशन नै गर्न नदिने


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन अझै विवादमा छ । कांग्रेसको विधानअनुसार वडा, क्षेत्र र पालिकाको अधिवेशन नसकिए केन्द्रीय र जिल्ला अधिवेशनमा सहभागी बन्न पाइँदैन ।

वडा, पालिका र क्षेत्रीय अधिवेशन हुन नसक्दा केन्द्रमा सहभागी हुने कतिपय नेताहरू महाधिवेशनमा भाग लिनै पाएनन । यही सहभागी बन्न नपाएको प्रतिशाध महोत्तरीमा छताछुल्ल भएको छ ।

बल्वा नगरपालिका, मनरासिस्वा नगरपालिका वडा नम्बर ८ को अधिवेशन सम्पन्न हुन नसक्दा क्षेत्र नम्बर ३ को अधिवेशन अझै अन्योलमा छ। केन्द्रले जिल्ला अधिवेशन गर्न दिएको निर्देशनप्रति आपत्ति जनाउँदै कतिपय नेताहरू भोकहडतालमा समेत बसे ।

विवादित क्षेत्र, वडा र पालिकाको अधिवेशन नसकेसम्म जिल्ला अधिवेशन गर्न नहुने माग राख्दै कांग्रेस महोत्तरीका पूर्व माहासचिव बजरंग नेपाली तीन दिनसम्म भोकहडतालमा बसे । क्षमतावान नेताहरु केन्द्रीय महाधिवेशनमा सहभागी बन्न नपाएको, तर जिल्लामा यो दुर्भाग्य नदोहोर्‍याउने बजरंग नेपालीलगायतका नेताहरूको अडान छ ।

क्षेत्रीय अधिवेशन समपन्न गरेपछि मात्र जिल्ला अधिवेशनको मिति निर्धारण गर्नुपर्ने मागसहित तीन दिनसम्म भोकहडतालमा बसेका नेताको मागलाई केन्द्रबाट सम्बोधन त भयो, तर विवादित क्षेत्र नम्बर ३ को अधिवेशनमा केन्द्रले सहजीकरण गर्न नसक्दा अझै अधिवेशनमा अन्योल नै सिर्जना भएको छ।

कांग्रेसका महामन्त्री धनराज गुरुङले भोकहडतालमा बसेका नेता नेपालीसहित उक्त मागका समर्थकलाई परिपत्रसहित क्षेत्रीय अधिवेशन सकाएपछि मात्र जिल्ला अधिवेशन गर्ने विश्वस्त तुल्याएका थिए । तर क्षेत्रीय अधिवेशनका समबन्धमा पटकपटक छलफल भए पनि निष्कर्षमा पुग्न सकेको छैन ।

जिल्ला सभापतिको आकांक्षीहरु मनोज झा, रागबेन्द्र झा र रामु यादव छन् । मनोज झा र रामु यादव विमलेन्द्र निधि निकट मानिन्छन् भने रागबेन्द्र रामचन्द्र पौडेल निकट हुन् । पौडेल पक्षका नेता रामचन्द्र तिवारीका कारण अधिवेशन हुन नसकेको निधि पक्षका नेताहरूको आरोप छ । पूर्वकेन्द्रीय सदस्यसमेत रहेका नेता तिवारीले केन्द्रीय अधिवेशनमा भाग लिन नपाएको रिस अहिले अशिवेशन हुन नदिने षड्यन्त्र रचिरहेको जिल्लाका नेताहरूको आरोप छ ।

जिल्ला अधिवेशनका लागि भोक हडतालमा बसेका नेता बजरंग नेपाली पनि जिल्ला सभापतिका दावेदार हुन् । यदि क्षेत्र नम्बर ३ को अधिवेशन नसकिए जिल्ला अधिवेशनमा नेता नेपालीले उम्मेदवारी दिन पाउने छैनन् ।

महोत्तरीमा संस्थापन र संस्थापन इतर गरी झन्डै आधा दर्जन प्यानल देखिएका छन् । आसन्न निर्वाचन नजिकिँदै गर्दा कांग्रेसभित्र देखिएको छिन्नभिन्नले निर्वाचनमा समेत ठूलो धक्का लाग्ने स्वयं नेताहरुको आँकलन छ ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १२ : ५५ बजे

धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

म्याग्दी– धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु

कर्मचारी व्यवस्थापनमा मन्त्रालयले हस्तक्षेप गरेको समितिको गुनासो

काठमाडौं– राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले कर्मचारी व्यवस्थापनमा वन

सरकारले भारतबाट २० वटा बेलिब्रिज ल्याउने

चौतारा– सरकारले भारतबाट २० वटा बेलिब्रिज ल्याउने  तयारी गरेको छ

बाढीपहिरो पीडितलाई सिजी इलेक्ट्रोनिक्सले ल्यायो ‘सहायता सेवा’  

काठमाडौं– सिजी इलेक्ट्रोनिक्सले बाढीपहिरो पीडितलाई ‘सहायता सेवा’ नामक कार्यक्रम सञ्चालनमा

बङ्गलादेशमा बाढीका कारण छ जनाको मृत्यु, लाखौँ प्रभावित

ढाका– भारी वर्षाले निम्त्याएको विनाशकारी बाढीका कारण बङ्गलादेशको उत्तरी मैमनसिंह