हिमपातले एउटै जिल्लामा कतै खुसी कतै दुःख « Khabarhub

हिमपातले एउटै जिल्लामा कतै खुसी कतै दुःख


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला–हिमाली जिल्ला हुम्लामा यो वर्ष हालसम्म पाँच पटक भारी हिमपात भयो । हरेक पटकको हिमपात उत्तरी भेगका सर्वसाधरणालाई दुःख बनेर आयो भने दक्षिण भेगका किसानलाई राहत पुग्यो ।

हिमपातपछि उत्तरी भेग नाम्खा गाउँपालिकाका किसानले कयौं दिनसम्म गाईवस्तु घरभित्रै थुनेर राखे । वस्तुभाउ चराउन नपाएपछि उनीहरूको दैनिकी झनै कष्टकर बनेको थियो । यता दक्षिण भेगमा भने हिउँदे बाली गौँ, जौँ, उवा, नाफल आदिलाई सिंचाई गर्नु नपरेपछि किसानहरू मख्ख परेको सर्केगाड गाउँपालिका रिपका जीवन शाहीले बताए ।

माघ अन्तिम साता परेको हिउँले कृषि उत्पादन बढाउने, भोकमरी नहुने पनि विश्वास गरिएको छ। विशेषगरी अहिलेको हिउँले स्याउ बगैँचा फाइदा पुग्ने भएकाले स्याउमा आस्रित जुम्लाका झण्डै १७ हजार घरधुरी लाभान्वित हुनेछन्।

सर्कीदेउ स्याउ फर्मकी प्रोपाइटर जसु परियारले पछिल्लो समयको हुम्लामा भएको हिमपातले ‘स्याउ बगैँचा व्यवस्थापन, सिँचाइमा समेत सहयोग पुग्छ। बिरुवा काँटछाँट र हिउँ संकलन पोखरी बनाउने, हिउँका डल्ला बनाएर स्याउका खाल्डामा हाल्ने काम गरिन्छ । यसले सिँचाई पहुँच नभएको ठाउँमा राहत पुग्छ,’ उनले भनिन ।

यो वर्षको पाँचै पटक सममाको हिमपातसँगै बढेको अत्यधिक चिसोले गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र दीर्घ रोगीको दैनिकी कष्टकर बनेको उत्तरी नाम्खा गाउँपालिका लिमीका वडाअध्याक्ष पाल्जोर तामाङले बताए ।

सात स्थानीय तह रहेको हुम्लाको हिमपातले अन्तरपालिका र अन्तर जिल्ला आवतजावतमा समेत समस्या भएको छ । तर, माघ अन्तिममा परेको हिउँले कृषि क्षेत्रलाई ठूलो राहत पुग्ने भएकाले किसान खुसी भएका छन् ।

उच्च हिमाली जिल्ला हुम्लामा बिहीबार र शुक्रबार दुई दिनभारी हिमपात भएको थियो भने शनिबारदेखि मौसममा सुधार आएको छ । शनिबार विहानदेखि मौसम सुधार आउँदा हुम्लाको सदरमुकाम सिमकोट सहितका आसपासमा क्षेत्र हिउँले सेताम्य बनेको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १० : ५९ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली