पर्यटकीय गन्तव्य बन्दै बैकुण्ठपुरी संग्राहलय « Khabarhub

पर्यटकीय गन्तव्य बन्दै बैकुण्ठपुरी संग्राहलय


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची–अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ वाङगलामा रहेको बैकुण्ठपुरी संग्राहालय अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

परम्परागत मौलिक संस्कृति, संस्कार र जीवनशैली चिनाउने बैकुण्ठपुरी सङ्ग्रहालयमा हिजोआज घुम्न आउने आन्तरिक पर्यटकको संख्या दिनानुदिन बढ्दै गएको छ ।

पत्रकार निमबहादुर रिजालको सक्रियतामा सन्धिखर्क नगरपालिका–४ वाङ्गलाको आमडाँडामा स्थापित सङ्ग्रहालयमा लोप हुने अवस्थामा रहेका पुराना भाँडाकुँडा तथा प्रयोग गर्ने सामान राखिएको छ । नेपाल पत्रकार महांघका पूर्वअध्यक्षसमेत रहेका रिजालको सक्रियतामा ज्येष्ठ नागरिक जिल्ला संघ अर्घाखाँचीले बाबु–बाजेले प्रयोग गरेका पुराना वस्तु लोप हुन थालेकाले यसलाई भावी पुस्तामा जानकारी गराउने उद्देश्यले सग्राहलयको स्थापना गरेको हो । संग्राहलयमा मौलिक वस्तु संकलन गरेर राखिएका छन् ।

पहिला बाबु बाजेले प्रयोग गरेका तर अहिलेका पुस्ताले नदेखेका सामग्री उक्त संग्राहलयमा राखिएका छन् । कपडा राख्ने काठको मदुस, घ्यू राख्ने हर्पे, तेल राख्ने चौठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी संग्राहलयमा राखिएको व्यवस्थापक उमा रिजालले बताइन् । यसैगरी उखु पेल्ने काठको कोल, तेल पेल्ने काठको कोल, धान कुट्ने ढिँकी, मकै पिस्ने जाँतो, खेतबारी जोत्ने हलो, असारमा हिलोमा लगाउने खोक, काठको दूध निकाल्ने डाडु, काठका चप्पललगायतका वस्तु सङ्ग्रहालयको मुख्य आकर्षणको रुपमा रहेका छन् ।

‘बाबुबाजेले प्रयोग गरेका पुराना वस्तुको लोप हुन थालेको र भावी पुस्तालाई सो कुराको जानकारी समेत नहुने भएकाले संग्राहलय बनाएर पुराना वस्तु सङ्कलन गरिएको पत्रकार रिजालले जानकारी दिए । उनका अनुसार पानी आउँदा ओढ्ने सिउ, धर्मशालामा राखिने घैटो, भजनमा बजाउने खैजडी, डाला, सुपा, तमाखु खान प्रयोग गरिने हुका, चिलिम, पुराना टेपरेकर्डर, भोटे ताल्चा, दाउ, बाँसको काइयो लगायतका थुप्रै वस्तु सग्र्राहलयमा राखिएको छ ।

त्यस्तै रुखमा बनाइएको घर र घरमै पालेको कछुवा तथा कमलको फुल पनि आकर्षणको केन्द्रको रुपमा रहेका छन् । प्रचारप्रसार गर्न सकेमा अर्घाखाँचीमा बाहिरबाट आउने पर्यटकको अबको गन्तव्य बैकुण्ठपुरी संग्राहलय हुनेछ । यसका लागि सबैको ध्यान जान जरुरी छ ।

सो क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्य निर्माण गर्ने अभियानअनुसार काम शुरु भएको बताइएको छ । यसलाई अझै थप व्यवस्थित बनाउने काममा लागिपरेको पत्रकार रिजालको भनाइ छ । अहिले यहाँ घुम्न र हेर्नका लागि आन्तरिक पर्यटक आउने गरेको बताइएको छ । नयाँ र आकर्षक गन्तव्य निर्माणमा गाउँपालिकाले पनि सहयोग गर्न लागिएको उनले बताए । योसँगै त्यहाँ रोजगारीसमेत बढने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ४ : ०० बजे

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन