प्रदेश १ मा जम्बो मन्त्रीमण्डल | Khabarhub Khabarhub

प्रदेश १ मा जम्बो मन्त्रीमण्डल


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– संघीय सरकारको झल्को दिने गरी प्रदेश १ मा मुख्यमन्त्री राजेन्द्र राईले १४ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका छन् ।

गत असोज १६ गते गठन भएको सरकारलाई मुख्यमन्त्री राईले १ राज्य मन्त्रीसहित १४ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका हुन् । यसअघिका शेरधन राई र भीम आचार्य नेतृत्वको दुईवटा सरकारले बनाएको भन्दा दोब्बर संख्यामा प्रदेश १ मा जम्बो मन्त्रीमण्डल बनाएर मुख्यमन्त्री राईले रेकर्डसमेत कायम गरेका छन । राई र आचार्यले ७–७ सदस्सीय मन्त्रीमण्डल बनाएर नेतृत्व गरेका थिए ।

आज विस्तार भएको मन्त्री मण्डलमा संघीय सरकारको झल्को दिने गरी राईले सत्तारुढ पाँच दलीय गठबन्धनका सदस्यलाई समेटेर जम्बो मन्त्रीमण्डल बनाएका हुन । मुख्यमन्त्री राईले सार्वजनिक गरे अनुसार मुख्यमन्त्रीमा राई स्वयंलाई थप कुनै जिम्मेवारी नलिई आर्थिक मामिला तथा योजना मन्त्रीः इन्द्रबहादुर आङ्गबो, सडक पुर्वाधार तथा सहरी विकास मन्त्रीमा हिमाल कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केदार कार्की, स्वास्थ्य मन्त्रीमा जयराम यादवलाई नियुक्ति तथा जिम्मेवारी बाँडफाँड गरेका छन ।

यसैगरी, खानेपानी, सिंचाई तथा उर्जा मन्त्रीमा रामकुमार राई, सामाजिक विकास मन्त्रीमा राजन राई, पर्यटन तथा संस्कृति मन्त्रीमा खिनु तङ्गवा लिम्बु, कृषी मन्त्रीमा झलकबहादुर मगरसहित बन, वातावरण तथा भु–संरक्षण मन्त्रीमा शेखरचन्द्र थापालाई जिम्मेवारी तोकेका छन भने उद्योग, श्रम तथा रोजगार मन्त्रीमा ओमप्रकाश सरावागी, भुमी, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा प्रतापप्रकाश हाङगाम र यातायात व्यवस्था तथा सञ्चार मन्त्रीमा उपेन्द्रप्रसाद घिमिरेलाई नियुक्ती गरेको सार्वजनिक गरेका छन । प्रदेश १ को एक मात्र राज्यमन्त्रीमा बिष्णु तुम्वाहाम्फे नियुक्ती भएकी छिन भने उनलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

जनजाति समुदायका ८, महिला २ को प्रतिनिधित्व
मुख्यमन्त्री राईले २३ माघमा जम्बो मन्त्रीमण्डल विस्तार गरेसँगै उनको मन्त्रालयमा ८ जना आदिवासी÷जनजाति समुदायवाट परेका छन भने स्वास्थ्य मन्त्री यादव र उद्योग मन्त्री सरागवी मधेसी समुदायवाट परेका छन ।

यसैगरी, ४ जना खस आर्य समुदायवाट आफनो मन्त्रीमण्डलमा प्रतिनिधित्व गराएका राईले २ जना महिला मात्रै प्रतिनिधित्व गराएको मुख्यमन्त्री राईले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । आजै नियुक्ती भएका नयाँ मन्त्रीहरुलाई आजै सपथ खुवाउने कार्यतालिका प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले तयारी गरेका छन ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ४ : ३० बजे

स्वामिकार्तिक कार्यालयमा तीन दिनदेखि ताला : अध्यक्षमाथि भ्रष्टाचारको आरोप

धनगढी – बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा तीन दिनदेखि तालाबन्दी छ

भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आज तरकारी तथा फलफूलको मूल्य कति छ ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बलिउडमा काम पाउन छाडे नितिनले ! भन्छन्- ‘मेकरलाई काम माग्न मेसेज गर्छु’

काठमाडौं – नील नितिन मुकेस बलिउडका चर्चित कलाकार हुन् ।

ट्रम्पविरुद्ध खरो उत्रने को हुन् डेमोक्र्याट महिला ?

सन् १९८० को अन्त्यमा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र मिखायल