बेइजिङ ओलम्पिकः यस्तो छ चीनको कोभिड नीति « Khabarhub

बेइजिङ ओलम्पिकः यस्तो छ चीनको कोभिड नीति


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– २०२२ हिउँदे ओलम्पिकका लागि कोभिड सुरक्षाका आवश्यक सम्पूर्ण कदम चालेको बेइजिङले जनाएको छ । खेलाडीलाई संक्रमणबाट जोगाउन चीनले ठूलो पहल गर्दै आएको छ । खेलमा विदेशी दर्शकहरुलाई प्रतिबन्ध लगाइएको छ भने सर्वसाधारणहरुका लागि टिकट बिक्री गरिएको छैन ।

स्थानीय दर्शकहरुको समूहहरुलाई खेलमा ‘निम्तो’ दिइएको छ । उनीहरुले खेलअघि, खेलको समयमा र खेल हेर्दा कोभिड रोकथामका कठोर उपायहरु पालना गर्नुपर्नेछ । र, मानिसहरलाई चीनका अन्य भागबाट राजधानी बेइजिङमा यात्र नगर्न सुझाव दिइएको छ ।

सञ्चारकर्मी, सहभागी खेलाडी र पर्यवेक्षकहरुलाई भिन्दाभिन्दै स्थानमा राखिएको छ । ती स्थानमा प्रवेश गर्नुअघि जोकोही पनि पूर्ण खोप लगाएको वा २१ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।

कोभिड परीक्षण दिनहुँ गर्नुपर्नेछ भने जतिबेला पनि मास्क लगाउनुपर्नेछ । कोभिड पोजेटिभ भएमा आइसोलेसनमा बस्नुपर्नेछ । पछिल्लो २४ घन्टाभित्र दुई ओटा नेगेटिभ रिपोर्ट आएपछि मात्र खेल्नका लागि अनुमति दिइनेछ ।

चीन उत्रिएपछि विदेशबाट आएका सहभागी ‘सील’ गरिएको विशेष क्षेत्रभित्र प्रवेश गरेका छन् । देश छोड्ने बेलासम्म उनीहरु त्यही रहनेछन् ।

स्वंयमसेवक, कुक, चालक र स्थानीय सहायताकर्मीसमेत विशेष क्षेत्रभित्र रहनेछन्। खेल अवधिभर उनीहरुको आफ्ना परिवारसहित बाहिरी संसारसँग भौतिक सम्पर्क हुनेछैन् ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ४ : ४५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया