एमसीसीका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडान परिवर्तन भएको छैन: नारायणकाजी श्रेष्ठ « Khabarhub

एमसीसीका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडान परिवर्तन भएको छैन: नारायणकाजी श्रेष्ठ


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीका बारेमा पार्टीको दृष्टिकोण र अडान परिवर्तन नभएको बताएका छन् ।

प्रचण्डको हस्ताक्षरसहित एमसीसी पास गर्ने प्रतिबद्धतासहितको पत्र बाहिरिँएपछि नेता श्रेष्ठ एमसीसीबारे पार्टी दृष्टिकोण र अडान नफेरिएको दाबी गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रम देउवा र अध्यक्ष क.प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसिसि कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ।’

माओवादीले यथास्थितिमा एमसीसी स्वीकार गर्न नसक्ने प्रष्ट गर्दै संसदीय अनुमोदनको प्रक्रिया अगाडि बढाउन नसक्ने प्रष्ट गरेका छन्।

‘पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकर गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन मिल्दैन, सकिँदैन’ उनले लेखेका छन्।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ५ : ०३ बजे

प्रत्यक्षतर्फ १६४ क्षेत्रको परिणाम सार्वजनिक हुँदा धनुषा–१ अझै विवादमा

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

समानुपातिक: एक करोड मतगणना हुँदा ५० लाख नजिक रास्वपा, कुन दलको मत कति ?

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल फागुन २६ गते मंगलबार चैत

आज २०८२ साल फागुन २६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २६ गते मंगलबार चैत