सरकारले जनताको पक्षमा काम गर्छ : मन्त्री आले « Khabarhub

सरकारले जनताको पक्षमा काम गर्छ : मन्त्री आले


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनताका बाधा, समस्या र अप्ठ्यारा वर्तमान सरकारले पन्छाउने बताएका छन् । उनले भने, “यो जनताको सरकार हो, यसले पूर्णरूपमा जनताको पक्षमा काम गर्छ ।”

मारवाडी सेवा समितिको ६९औँ वार्षिकोत्सवमा आज मन्त्री आलेले समितिको सेवामुलक कार्यले नेपाली नागरिकलाई राहत पुगेको बताए । उनले भने, “समितिले गरेको सेवाले यहाँका दुःखी, गरिब तथा असहाय नागरिकका लागि बरदान सावित भएको छ । मेरो तर्फबाट चाहिने सहयोग गर्नेछु ।”

मन्त्री आलेले समितिले गरेका रचनात्मक तथा निःशुल्क सेवामुलक कार्यको प्रशंसा गर्दै पछिल्लो समय समितिले सञ्चालन गरेको निःशुल्क डाइलायसिस सेवाले पीडित नागरिकलाई राहत पुगेको विश्वास व्यक्त गरे । उनले भने, “नागरिकको सेवामा लाग्दा लाग्दै तपाईँहरूलाई कुनै बाधा, व्यवधान, अड्चन, अप्ठ्यारो उत्पन्न भए सरकार त्यसको समाधानका लागि तयार छ ।”

सो अवसरमा समितिमा आबद्ध भइ लामो समयसम्म नागरिकको सेवामा खटिएका पाँच ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ७ : ४८ बजे

निर्वाचनका बेला रोकिएको बजार अनुगमन सुरु

काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनका बेला रोकिएको नियमित बजार अनुमगन पुनः सुरु

रसुवामा नौ जनाको धरौटी जफत

रसुवा– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका

भन्सार छलेर ल्याइएका अवैध सामग्री नियन्त्रणमा

भैरहवा– रूपन्देहीका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका ६ लाखभन्दा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्षतर्फ १६४ क्षेत्रको परिणाम सार्वजनिक हुँदा धनुषा–१ अझै विवादमा

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन