सरकारले जनताको पक्षमा काम गर्छ : मन्त्री आले | Khabarhub Khabarhub

सरकारले जनताको पक्षमा काम गर्छ : मन्त्री आले


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनताका बाधा, समस्या र अप्ठ्यारा वर्तमान सरकारले पन्छाउने बताएका छन् । उनले भने, “यो जनताको सरकार हो, यसले पूर्णरूपमा जनताको पक्षमा काम गर्छ ।”

मारवाडी सेवा समितिको ६९औँ वार्षिकोत्सवमा आज मन्त्री आलेले समितिको सेवामुलक कार्यले नेपाली नागरिकलाई राहत पुगेको बताए । उनले भने, “समितिले गरेको सेवाले यहाँका दुःखी, गरिब तथा असहाय नागरिकका लागि बरदान सावित भएको छ । मेरो तर्फबाट चाहिने सहयोग गर्नेछु ।”

मन्त्री आलेले समितिले गरेका रचनात्मक तथा निःशुल्क सेवामुलक कार्यको प्रशंसा गर्दै पछिल्लो समय समितिले सञ्चालन गरेको निःशुल्क डाइलायसिस सेवाले पीडित नागरिकलाई राहत पुगेको विश्वास व्यक्त गरे । उनले भने, “नागरिकको सेवामा लाग्दा लाग्दै तपाईँहरूलाई कुनै बाधा, व्यवधान, अड्चन, अप्ठ्यारो उत्पन्न भए सरकार त्यसको समाधानका लागि तयार छ ।”

सो अवसरमा समितिमा आबद्ध भइ लामो समयसम्म नागरिकको सेवामा खटिएका पाँच ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ७ : ४८ बजे

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँ – तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

खडेरीपछिको वर्षाले किसानलाई राहत

धनुषा – लामो समयको पर्खाइपछि वर्षा हुँदा धनुषाका किसानलाई राहत