अर्घाखाँचीमा घट्दै कोरोना संक्रमित « Khabarhub

अर्घाखाँचीमा घट्दै कोरोना संक्रमित


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँची जिल्लामा कोरोना संक्रमण हुनेको संख्यामा कमी आएको छ । केही दिनअघि ह्वात्तै बढेको संक्रमण पछिल्ला दिनमा कम हुँदै गएको पछिल्लो पाँच दिनको तथ्यांकले देखाएको छ ।

दैनिक २०/२५ जनाका दरले संक्रमित थपिएपछि सक्रिय संक्रमितको संख्या उकालो लागेको अर्घाखाँचीमा माघ १२ गते सक्रिय संक्रमितको संख्या दुई सय २७ पुगेको थियो ।

त्यसपछि १८ गतेसम्म संक्रमित र संक्रमण मुक्त हुनेको संख्या उस्तै उस्तै रहे पनि १९ गतेपछि नयाँ संक्रमित हुनेको तुलनामा संक्रमणमुक्त हुने धेरै देखिएका छन् ।

आज पनि ९ जना नयाँ संक्रमित थपिँदा संक्रमण मुक्त हुनेको संख्या १६ रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । यससँगै अर्घाखाँचीमा सक्रिय संक्रमितको संख्या १ सय ४४ पुगेको जिल्ला छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार अर्घाखाँची जिल्लामा हालसम्म ४ हजार ९ सय ४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । हालसम्म अर्घाखाँची जिल्लामा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९२ पुगेको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ९ : ५८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले