बहराइनको प्रदर्शनीमा नेपालको हस्तकला सामाग्री र चिया « Khabarhub

बहराइनको प्रदर्शनीमा नेपालको हस्तकला सामाग्री र चिया


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा – बहराइनको प्रदर्शनीमा नेपालको हस्तकला सामाग्री र चियाको प्रवर्द्धन गरिएको छ ।

त्यहाँको चिल्ड्रेन एन्ड मदर वेलफेयर सोसाइटीको संयोजकत्वमा सञ्चालित इन्टरनेसनल एम्बेसी बजारमा नेपाली उत्पादनहरू (विभिन्न हस्तकला सामाग्री, चिया, पस्मिना सल आदी) को प्रवर्द्धन गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

कार्यक्रममा विशेष अतिथी शाइखा लुलवा विन्त खलिफा अई खलिफाले नेपाली स्टलको रुचिपूर्वक अवलोकन गर्नुका साथै पस्मिना सल तथा हस्तकलाका सामाग्री खरिद गरेकी थिइन् ।

दूतावासका अनुसार अन्य आगन्तुकहरूले समेत नेपाली उत्पादनको प्रशंसा गर्दै हस्तकला सामाग्री, पस्मिना सल तथा चिया खरिद गरेका थिए।

विगत लामो समयदेखि वार्षिक रूपमा सञ्चालित उक्त कार्यक्रममा त्यहाँस्थित अन्य मुलुकका दूतावासहरूले सहभागिता जनाउँदै आएको भए पनि नेपाली दूतावासले यस वर्ष पहिलो पटक सहभागिता जनाएको हो ।

प्रदर्शनीमा कार्यवाहक राजदूत अरुणा घिसिङ्ग, श्रम सहचारी सुनिता लाकान्द्री, स्थानीय कर्मचारीहरु तथा त्यहाँ रहेका नेपाली व्यवसायी बसन्त बिष्टको पनि सहभागिता रहेको थियो । उक्त कार्यक्रम आगन्तुकहरु माझ नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धी पम्प्लेट समेत वितरण गरिएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ६ : ४७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै