खेरसनका स्थानीयले रुसी सेनालाई भने - 'तत्काल हाम्रो भूभाग छोड' | Khabarhub Khabarhub

खेरसनका स्थानीयले रुसी सेनालाई भने – ‘तत्काल हाम्रो भूभाग छोड’


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किभ – युक्रेनले नियन्त्रणमा लिएको खेरसन सहरका वासिन्दाहरुले रुसी सेनाविरुद्ध प्रदर्शन गरेका छन् । खेरसनको ब्ल्याक सी बन्दरगाहमा रुसी अतिक्रमणको विरुद्धमा युक्रेनीहरुले प्रदर्शन गरेका हुन् ।

खेरसन रुसी सेनाले कब्जामा लिएको पहिलो युक्रेनी सहर हो । रुसी सेनाले प्रदान गरेको मानवीय सहायता अस्वीकार गर्दै उनीहरुले देशभक्तिपूर्ण नारा लगाएका थिए । युक्रेनी झन्डा बोकेका उनीहरुले रुसी सेनालाई देश छोड्न माग गरेका थिए ।

‘यो सयौंको होइन्, हजारौंको प्रदर्शन थियो,’ प्रदर्शनमा सहभागीमध्येका एक जनाले बीबीसीलाई भने । ‘युक्रेन हाम्रो हो भनेर हामीले नाराबाजी गर्यौं’ उनले थपे, ‘हामीले रुसी सेनालाई घर फर्क, हामी तिमीहरुलाई यहाँ देख्न चाहन्नौं भन्यौँ । हामी युक्रेनमै बस्न चाहन्छौं । हामी युरोपमा बस्न चाहन्छौ, रुसमा होइन ।’

प्रदर्शन तितर वितर पार्न रुसी सेनाले हवाई फायर गरेको उनले बताए । यसैबीच, खेरसनमा विद्युत र इन्टरनेटको सीमित सुविधा भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ८ : ०१ बजे

कस्तो रहला दसैँ अवधिमा मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

राष्ट्रिय खुला टेनिस प्रतियोगिता आगामी कात्तिक ५ देखि

काठमाडौं– वीर गणेशमान सिंह फाउण्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स

नयाँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो

काठमाडौं– नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गरी यस वर्ष नयाँ

जग्गा/आवास विकाससँग सम्बन्धित व्यवस्था पुनरावलोकनका लागि कार्यदल गठन

काठमाडौं– शहरी विकास मन्त्रालयले जग्गा आवास विकासमा देखिएका समस्या समाधानका

अमेरिकामा मिल्टन आँधीको असर

काठमाडौं– केही दिनअघि हेलेन आँधीले वितण्डा मच्चाएको अमेरिकामा अहिले मिल्टन