आइएसएलमा अनन्त तामाङको डेब्यु  | Khabarhub Khabarhub

आइएसएलमा अनन्त तामाङको डेब्यु 


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले इन्डियन सुपर लिग (आइएसएल)मा एससी इस्ट बंगालबाट डेब्यु गरेका छन् । तर, इस्ट बंगाल बेङ्गलुरुसँग १-० ले पराजित भएको हो ।

गोवास्थित तिलक मैदान रंगशालामा जारी बेङ्गलुरु एफसीविरुद्ध पहिलो रोजाइमा स्थान बनाउँदै अनन्तले कीर्तिमानी डेब्यु गरेका थिए ।डेब्युसँगै आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी अनन्त बनेका छन् ।

यसअघि नेपाली खेलाडी अनिल गुरुङ, रोहित चन्द, किरण कुमार लिम्बू, प्रकाश बुढाथोकी र अभिषेक रिजालले आइलिगमा खेले पनि आइएसएलमा मौका पाएका थिएनन् । नेपाली घरेलु फुटबलमा लामो सयमदेखि थ्रीस्टारबाट खेल्दै आएका अनन्त राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्यसमेत हुन् ।

नेपाल सुपर लिग (एनएसएल)का लागि एफसी चितवनका मार्की खेलाडी चुनिएका अनन्तको इस्ट बंगाल टोली पहिलो हाफमा बेङ्गलुरुसँग १-० ले पछि परेको थियो ।

भारतीय कप्तान सुनील क्षेत्रीले २४औं मिनेटमा गरेको गोलसँगै बेङ्गलुरुले अग्रता लिएको थियो । सोही अग्रताको बचाउ गर्दै बेङ्गलुरुले जित सुनिश्चित गर्‍यो ।

२० खेलबाट ११ अंक जोडेको इस्ट बंगाल तालिकाको ११औं स्थानमा छ । समान खेलबाट २९ अंक जोडेको बेङ्गलुरु छैटौं स्थानमा छ । लिग लिडर जमशेदपुरको १९ खेलबाट ४० अंक छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ८ : ४४ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय