पाकिस्तानको लाहोरमा खानेपानीको संकट « Khabarhub

पाकिस्तानको लाहोरमा खानेपानीको संकट


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लाहोर – पाकिस्तानको लाहोरमा खानेपानीको संकट सिर्जना भएको छ।

भूमिगत पानीको स्तरमा लगातार गिरावट आएसँगै सफा पिउने पानीको अभावको निम्तिएको जनाइएको छ। विशेष गरी, भूमिगत पानीको स्तर घट्दा पानीमा आर्सेनिकको मात्रा बढ्ने र यो पानी पिउन योग्य नहुने जनाइएको छ।

विगत ४० वर्षदेखि यो स्तर घट्दै गएको र अहिले डरलाग्दो तहमा पुगेको पाकिस्तानी जलवायु विज्ञहरुले बताइरहेका छन्। सन् १९८० वासाको रेकर्ड अनुसार लाहोरमा पानीको स्तर १५ मिटर तल थियो। सन् १९९० यो स्तर बढेर २३.२२६ मिटर पुग्यो। अहिले ५० मिटरभन्दा तलको स्तरमा छ।

पञ्जाब सरकारले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘हामी (पाकिस्तान) मा अझै पनि पानी सम्बन्धी परियोजनाहरूमा सहमति निर्माण गर्न र अदालतमा जवाफ दिन व्यस्त छौं, तर सीमापार पक्ष (भारत)ले वास्तविक प्रगति गरिरहेको छ।’

रिपोर्टलेजल रिचार्जमा ठूलो योगदान गर्ने नदी लाहोरको लागि ‘अस्तित्वको संकट’ मा परेको भन्दै चेतावनी दिइएको छ। लाहोरमा गर्मी मौसमको समयमा पानीको हाहाकार हुने गरेको छ। सरकारले यहाँ स्वच्छ पिउने पानीका लागि कुनै पनि नयाँ परियोजनाहरु सञ्‍चालन गर्न सकेको छैन।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ८ : ५७ बजे

प्रधानमन्त्रीको सन्देश : पुराना दलले आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैन

काठमाडौं– मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला

पितृशोकमा रहेका ओली भेट्न पुगिन् पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्री पनि जाँदै

काठमाडौं- पितृशोकमा रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वराष्ट्रपति

दाउरा थकाली पुनः सञ्चालनमा

काठमाडौं– ललितपुरको पुल्चोकस्थित दाउरा थकाली रेस्टुरेन्ट नयाँ उत्साह र परिष्कृत

पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै

काठमाडौं– नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ

इरानी मिसाइल आक्रमणपछि इजरायलका कयौँ सहरमा आगलागी

तेहरान- इरानले प्रहार गरेको मिसाइलपछि इजरायलका केही क्षेत्रमा आगलागी भएको