लमजुङको तिनपिप्लेमा दूग्ध चिस्यान केन्द्र स्थापना « Khabarhub

लमजुङको तिनपिप्लेमा दूग्ध चिस्यान केन्द्र स्थापना


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको राइनास नगरपालिका-५ तिनपिप्लेमा दूग्ध चिस्यान केन्द्र स्थापना भएको छ ।

दूग्ध विकास सस्थान (डिडिसि)ले जनक विकास सहकारी सस्थाको सहकार्यमा दूग्ध चिस्यान केन्द्र स्थापना गरेको हो । पालिकामा भएको दूध संकलन गरी जिल्लाबाहिर निर्यात गर्ने उद्देश्यले नगरपालिकामा चिस्यान केन्द्र स्थापना गरिएको हो ।

राइनास नगरपालिकामा पुशपालन र दूध उत्पादनको राम्रो सम्भावना भएको हुँदा त्यहाँ उत्पादित दूधको सदूपयोग र बाहिर निर्यातका लागि सहकारीको सहकार्यमा चिस्यान केन्द्र स्थापना गरिएको दूग्ध विकास सस्थानले जनाएको छ ।

चिस्यान केन्द्र सञ्चालनमा आएसँगै नगरपालिमा उत्पादन भएको दूध संकलन र प्रशोधन गरी स्थानीय कृषकको आयआर्जनमा टेवापुग्ने विश्वास लिइएको छ । केन्द्रका लागि आवश्यक चिलिङ भ्याट तथा सम्पूर्ण समाग्रिको संस्थानले व्यवस्थापन गरेसँगै दूध संकलन समेत सुरु गरीएको छ ।

संकलित दूधको बजारीकरण तथा निर्यातको जिम्मा डिडिसीले लिएको छ । चिस्यान केन्द्रसम्म दूध ढुवानी तथा संकलनका लागि आवश्यक साधनको व्यवस्था गर्ने तयारीमा रहेको जनविकास सहकारीका अध्यक्ष पुष्प राज खनालले बताए ।

राइनास नगरपालिका र आसपासका क्षेत्रबाट दैनिक करिब ५ हजार लिटर दूध संकलन गर्ने उद्देश्यका साथ चिस्यान केन्द्र स्थापना गरिएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १० : ३० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने