लमजुङको तिनपिप्लेमा दूग्ध चिस्यान केन्द्र स्थापना « Khabarhub

लमजुङको तिनपिप्लेमा दूग्ध चिस्यान केन्द्र स्थापना


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको राइनास नगरपालिका-५ तिनपिप्लेमा दूग्ध चिस्यान केन्द्र स्थापना भएको छ ।

दूग्ध विकास सस्थान (डिडिसि)ले जनक विकास सहकारी सस्थाको सहकार्यमा दूग्ध चिस्यान केन्द्र स्थापना गरेको हो । पालिकामा भएको दूध संकलन गरी जिल्लाबाहिर निर्यात गर्ने उद्देश्यले नगरपालिकामा चिस्यान केन्द्र स्थापना गरिएको हो ।

राइनास नगरपालिकामा पुशपालन र दूध उत्पादनको राम्रो सम्भावना भएको हुँदा त्यहाँ उत्पादित दूधको सदूपयोग र बाहिर निर्यातका लागि सहकारीको सहकार्यमा चिस्यान केन्द्र स्थापना गरिएको दूग्ध विकास सस्थानले जनाएको छ ।

चिस्यान केन्द्र सञ्चालनमा आएसँगै नगरपालिमा उत्पादन भएको दूध संकलन र प्रशोधन गरी स्थानीय कृषकको आयआर्जनमा टेवापुग्ने विश्वास लिइएको छ । केन्द्रका लागि आवश्यक चिलिङ भ्याट तथा सम्पूर्ण समाग्रिको संस्थानले व्यवस्थापन गरेसँगै दूध संकलन समेत सुरु गरीएको छ ।

संकलित दूधको बजारीकरण तथा निर्यातको जिम्मा डिडिसीले लिएको छ । चिस्यान केन्द्रसम्म दूध ढुवानी तथा संकलनका लागि आवश्यक साधनको व्यवस्था गर्ने तयारीमा रहेको जनविकास सहकारीका अध्यक्ष पुष्प राज खनालले बताए ।

राइनास नगरपालिका र आसपासका क्षेत्रबाट दैनिक करिब ५ हजार लिटर दूध संकलन गर्ने उद्देश्यका साथ चिस्यान केन्द्र स्थापना गरिएको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १० : ३० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी