बागमतीकी शिक्षा र सेनाकी सीतालाई स्वर्ण « Khabarhub

बागमतीकी शिक्षा र सेनाकी सीतालाई स्वर्ण


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बागमती प्रदेशकी शिक्षा नापितले प्रथम वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा महिला व्यक्तिगत सावरतर्फ स्वर्ण हात पारेकी छन् ।

नापितले फाइनलमा एपिएफकी उर्मिला लामालाई १५- ९ अंकले पराजित गर्दै स्वर्णलाई पोल्टामा हालेकी हुन् । एपिएफकी शुक घिसिङ र नेपाली सेनाकी मनिषा श्रेष्ठले कास्य पदकमा चित्त बुझाए ।

महिला ईपीतर्फको खेलमा सेनाकी सीता पाठकले स्वर्ण प्राप्त गरेकी छन् । उनले एपिएफकी जानुका स्याङतानलाई १५-१२ अकंका साथ हराएकी हुन् । तेस्राे स्थानमा एपिएफकी अनिता कार्की र नेपाली सेनाकी इन्दिरा पौडेलले कास्य पदक प्राप्त गरे ।

वीर गणेशमान सिंह स्पोर्टस कमिटी र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनामा शनिबारबाट सुरु भएको प्रतियोगितामा बागमती, सुदूरपश्चिम, गण्डकीसँगै दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब गरी ६ टोलीका १ सय १४ खेलाडीले १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा सावर, ईपी, फ्वाईल गरि तीन विधामा व्यक्तिगत र टिम स्पर्धामा महिला तथा पुरुषको प्रतिस्पर्धा हुने छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ९ : ४४ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी