फेब्रुअरीमा पनि शीर्ष स्थानमा टाटा नेक्सन | Khabarhub Khabarhub

फेब्रुअरीमा पनि शीर्ष स्थानमा टाटा नेक्सन

ब्रेजा, भेन्यू र क्रेटालाई पछि पार्दै टाटा नेक्सन बन्यो फेब्रुअरीमा पनि शीर्ष एसयुभी


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सन् २०२२ को फेब्रुअरीमा टाटा नेक्सन शीर्ष स्थानमा पर्न सफल एसयुभी भएको छ । टाटा नेक्सन भारतमा सर्वाधिक बिक्री भएको एसयुभी बनेको हो। यसले हुन्डाई, किया र महिन्द्राका एसयुभीलाई पछि पार्दै शीर्ष स्थान ओगट्न सफल भएको हो ।

टाटा मोटर्सले गत जनवरीमा मात्रै हुन्डाई, किया र मारुती सुजुकीलाई पछाडी पार्दै आफू शीर्ष स्थानमा हुन सफल भएको थियो । टाटाले जनवरीमा १३ हजार ८१६ वटा नेक्सन बिक्री गरेको थियो । फेब्रुअरीमा भने कम्पनीले १२ हजार २५९ वटा नेक्सन एसयुभी बिक्री गरेको छ । यो भनेको गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा ५४.६ प्रतिशतले बढी हो । टाटाले सन् २०२१ को फेब्रुअरीमा भने जम्मा ७ हजार ९२९ वटा नेक्सन बिक्री गरेको थियो ।

प्यासेन्जर कार सेग्मेन्टमा टाटा नेक्सन स्टाइल, प्रविधि, डिजाइन, विशेषता र अन्य सुविधाहरूका कारण निकै रुचाइएको एसयुभी हो ।नेक्सनको बनावट र विशेषताहरू उत्कृष्ट हुनुका साथै यो सब-फोर मिटर सेग्मेन्टमा पावरफुल १.२ लिटर टर्बो इन्जिन जडित भएका कारण धेरैको रोजाइमा पर्न सफल छ । साथै, नेक्सन टाटा मोटर्सका निकै सुरक्षित कारहरु मध्ये पर्दछ ।

फेब्रुअरीको बिक्री तथ्यांकअनुसार नेक्सनपछि दोस्रो स्थानमा १० हजार २१२ वटा हुन्डाईको भेन्यू बिक्रि गरेर परेको छ।  जुन भनेको गत वर्षको सोही महिनाको समग्र बिक्रीदरको तुलनामा ९ प्रतिशतले कम हो ।

यसबाहेक फेब्रुअरीमा सबैभन्दा धेरै बिक्री हुने एसयुभीमध्ये चौथो स्थानमा टाटा पन्च परेको छ। टाटाले गत फेब्रुअरीमा मात्रै ९ हजार ५९२ वटा पन्च बिक्री गर्यो । कम समयमै ग्राहकहरुको मन जितेर युवा देखि वृद्धसम्म सबैको रोजाईमा पर्दै आइरहेको यो एसयुभी सुरक्षाको मामिलामा फाइभ स्टार रेटिङ्ग पाउने उत्कृष्ट गाडीमा पर्न सफल भएको छ ।

यसपछि पाँचौ स्थानमा परेको मारुती ब्रेजाले फेब्रुअरीमा ९ हजार २५६ वटा बिक्री गरेको छ । त्यस्तै, गत महिनामा मात्रै ६ हजार ५७५ वटा सेल्टस बिक्री गरेको किया सर्वाधिक बिक्री हुने सूचीको छैंटो स्थानमा परेको छ। सर्वाधिक बिक्री हुनेमध्ये सातौं स्थानमा कियाको सोनेट परेको छ। कियाको सोनेट ६ हजार १५४ वटा बिक्री भएको हो।

सन् २०२१ को सोही महिनामा ७ हजार ९९७ वटा सोनेट बिक्री भएको तुलनामा यो २३ प्रतिशतले कम हो । त्यसैगरी, आठौं र नवौं स्थानमा महिन्द्राको थार र एक्सयुभी-३०० परेको छ। कम्पनीले ५ हजार ७२ वटा थार र ४ हजार ५११ वटा एक्सयुभी-३०० बिक्री गर्यो । सन् २०२१ को सोही महिनाको तुलनामा थारको बिक्रीदर ७८.४ प्रतिशतले बढेको हो भने एक्सयुभी-३०० को बिक्रीदर ४२ प्रतिशतले बढेको छ । फेब्रुअरीमा सर्वाधिक बिक्री हुने दश गाडीको अन्तिममा अर्थात् दशौं स्थानमा महिन्द्राको एक्सयुभी-७०० परेको छ ।

विगतका केहि महिना लगातार टाटा मोटर्सले आफ्नो स्थान मजबुत गर्दै अन्य गाडीहरु पनि शिर्ष स्थानमा पुर्‍याउँदै लगेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १२ : ५० बजे

प्रभु साहले संसद्‍मै च्याते निजामती सेवा विधेयक, पारित भए देशमा आगो बाल्ने चेतावनी

काठमाडौं- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ

लुम्बिनी– लुम्बिनी प्रदेशमा यस वर्ष ७२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा धान

वर्षाका कारण दुम्कीबासमा वैकल्पिक सडक अवरुद्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कीबासस्थित विनयी खोलाको अस्थायी डाइभर्सनको

कोशी प्रदेश सरकारले ‘किसान पहिलो’ अभियान सञ्चालन गर्ने

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले ‘किसान पहिलो’भन्ने

एआईजी खापुङलाई मेन्छ्यायेम सेवा समाजको सम्मान

काठमाडौं- प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) चन्द्रकुवेर खापुङलाई सम्मान गरिएको छ