किभस्थित भारतीय दूतावास बन्द भएको छैन – भारतीय विदेशमन्त्रालय « Khabarhub

किभस्थित भारतीय दूतावास बन्द भएको छैन – भारतीय विदेशमन्त्रालय


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनको राजधानी किभस्थित भारतीय दूतावास बन्द बन्द नगरिएको भारतीय विदेशमन्त्रालयले स्पष्ट पारेको छ । विदेश मन्त्रालयलका प्रवक्ता अरिन्दम बागचीले किभस्थित भारतीय दूतावास पूर्ण सञ्चालनमा रहेको स्पष्ट पारे ।

यद्यपि दूतावासका केही कर्मचारीहरु भने पश्चिमी शहर लभिभ तर्फ सरेको भएपनि किभस्थित दूतावास पूर्ण सञ्चालनमा रहेको जनाएका हुन् । ‘लभिभमा पनि हाम्रो टिमले काम गरिरहेको छ ।’ बागचीलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

दूतावासको टिमका केही सदस्यलाई पूर्वी युक्रेनतर्फ लैजानेबारे विचार भइरहेपनि यो जटिल कार्य भएको उनको भनाइ छ । १० दिनअघि रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँबाट विदेशीहरुलाई सुरक्षित स्थानमा लैजाने कार्यलाई तीव्रता दिइएको छ ।

भारतले पनि अपरेशन गङ्गाको नामबाट त्यहाँबाट आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेको छ ।

केही दिनअघिमात्रै पूर्वी शहर खार्किभमा भएको गोलाबारीका क्रममा एक भारतीय नागरिकको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  २ : १६ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल जेठ २५ गते सोमबार अधिक जेठ

आज २०८३ साल जेठ २५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २५ गते सोमबार अधिक जेठ

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट