तस्वीर- न्युजलिड इन्डिया

अन्तर्राष्ट्रिय

किभस्थित भारतीय दूतावास बन्द भएको छैन – भारतीय विदेशमन्त्रालय

By खबरहब

March 06, 2022

काठमाडौं– युक्रेनको राजधानी किभस्थित भारतीय दूतावास बन्द बन्द नगरिएको भारतीय विदेशमन्त्रालयले स्पष्ट पारेको छ । विदेश मन्त्रालयलका प्रवक्ता अरिन्दम बागचीले किभस्थित भारतीय दूतावास पूर्ण सञ्चालनमा रहेको स्पष्ट पारे ।

यद्यपि दूतावासका केही कर्मचारीहरु भने पश्चिमी शहर लभिभ तर्फ सरेको भएपनि किभस्थित दूतावास पूर्ण सञ्चालनमा रहेको जनाएका हुन् । ‘लभिभमा पनि हाम्रो टिमले काम गरिरहेको छ ।’ बागचीलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

दूतावासको टिमका केही सदस्यलाई पूर्वी युक्रेनतर्फ लैजानेबारे विचार भइरहेपनि यो जटिल कार्य भएको उनको भनाइ छ । १० दिनअघि रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँबाट विदेशीहरुलाई सुरक्षित स्थानमा लैजाने कार्यलाई तीव्रता दिइएको छ ।

भारतले पनि अपरेशन गङ्गाको नामबाट त्यहाँबाट आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेको छ ।

केही दिनअघिमात्रै पूर्वी शहर खार्किभमा भएको गोलाबारीका क्रममा एक भारतीय नागरिकको ज्यान गइसकेको छ ।