जनता आवास कार्यक्रममा ०४ सय ३७ घर बन्दै « Khabarhub

जनता आवास कार्यक्रममा ०४ सय ३७ घर बन्दै


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर –जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुर र कैलालीमा ४३७ दुईकोठे घर निर्माणाधीन अवस्थामा रहेको छ ।

न्यून आय भएका दलित एवं विपन्न परिवारका लागि सरकारले रु १० करोड रकम विनियोजन गरेर घर बनाइदिन लागेको हो। गत आर्थिक वर्षदेखि निर्माणको काम थालिए पनि कोरोना भाइरस सङ्क्रमणका कारण काम प्रभावित बनेको थियो ।

 जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरमा २३७ र कैलालीमा २०० घर निर्माण भइरहेको शहरी विकास तथा भवन कार्यालय धनगढीका प्रमुख गोविन्द देवकोटाले जानकारी दिए ।

चालू आर्थिक वर्षमा ९० प्रतिशत घर निर्माण गरिसक्ने लक्ष्य रहेको छ”, प्रमुख देवकोटाले भने , “अहिले घर निर्माणको प्राविधिक र अन्य रेखदेखको काम हामीले नै गरिरहेका छौँ ।

उभोक्ता र लाभग्राहीसित सम्झौता भएर घर बन्दैछन्”, प्रमुख देवकोटाले भने  घर बनाउन प्रतिपरिवार रु तीन लाख ३६ हजार सरकारले दिएको छ । उनका अनुसार प्रतिपरिवार र उपभोक्ता समितिले १० प्रतिशत श्रमदान गर्नुपर्ने प्रावधान रहेको छ । घर निर्माणका लागि कैलालीमा रु पाँच करोड पाँच लाख र कञ्चनपुरमा रु पाँच करोड ७६ लाख रकम विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ३ : २१ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी