एकैदिन युक्रेनले दुईवटा रुसी लडाकु विमान खसाल्यो « Khabarhub

एकैदिन युक्रेनले दुईवटा रुसी लडाकु विमान खसाल्यो


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनी फौजले शनिबारमात्रै दुई रुसी लडाकु विमान खसालेको दाबी गरेको छ ।

उत्तरी शहर चेर्निभ बाहिर उडिरहेको रुसी लडाकु विमानलाई युक्रेनका ‘हवाई रक्षा विशेषज्ञ’ ले खसालेको युक्रेनी रक्षामन्त्रालयले जनाएको छ । रक्षामन्त्रालयले ट्वीट मार्फत् भिडियो सार्वजनिक गर्दै रुसी लडाकु विमान खसालिदिएको जनाएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार घटनामा विमानका एक सहचालक ‘मेजर क्रिभोलापोभ’ को मृत्यु भएको छ ।

विमानका अर्का सहचालक ‘क्रास्नोयात्र्सेभ’ विमानबाट प्याराशुटमार्फत उम्केको जनाइएको छ । उनलाई युक्रेनी फौजले नियन्त्रणमा लिएका छन् ।

त्यस्तै, अर्को घटनामा युक्रेनी फौजले मुलुकको दक्षिणमा पर्ने मिकोलायेभ शहर नजिक अर्को रुसी लडाकु विमान खसालेको छ ।

युक्रेनको नेक्स्टा टेलिभिजनले जनाएअनुसार यस घटनामा पनि एकजना रुसी विमानचालकलाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ४ : १० बजे

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६