तार्केश्वर नगरपालिका टिम च्याम्पियन « Khabarhub

तार्केश्वर नगरपालिका टिम च्याम्पियन


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ-  तार्केश्वर नगरपालिकाले प्रथम अन्तर नगर कराते प्रतियोगिता उपाधी जित्न सफल भएको छ ।

कुल ५ स्वर्ण २ रजत र ३ कास्य जित्दै तार्केश्वोर नगरपालिका टिम च्याम्पियन बन्यो ।


वादोकाइ कराते डो संघ नेपालको आयोजना र तार्केश्वोर नगरपालिकाको सहयोग रहेको प्रतियोगितामा निलकन्ठ नगरपालिका ४ स्वर्ण ३ रजत र ४ कास्य सहित दोस्रो भयो । तेस्रो स्थानमा नागर्जुन नगरपालिकाले १ स्वर्ण, १ रजत र ३ कास्य हात पारे ।

 काठमाडौको ऐतिहासिक नगरी मनमैजुमा भएको २ दिने प्रतियोगिताको पुरुषमा निलकन्ठ नगरपालिकाका बिजय श्रेष्ठ र महिलामा तारकेश्वोर नगरपालिकाका एरिका गुरुङ उत्कृष्ट खेलाडी घोषणा भइ जनही रु ५००० नगद पुरस्कार हात पारे भने उदीयमान खेलाडि पुरुषमा धनकुटाका रिकेश भन्डरी र महिलामा गोलबजारका प्रनिशा साही ठकुरी चुनिए ।

बुढानिलकण्ठ नगरपालिकाका अनुशासित टिम चुनिए भने मार्चपासमा सिन्धुली उत्कृष्ट घोषित भए ।

बिजेता खेलाडीहरुलाइ प्रमुख अतिथी तारकेश्वर नगरप्रमुख रामेश्वोर बोहोरा, वादोकाइ कराते डो संघ नेपालका अध्यक्ष सुशीलकुमार श्रेष्ठलगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा २७ नगरपालिकाबाट १९० खेलाडीले १४ स्वर्ण पदकको निम्ति विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेको प्रवक्ता तथा महासचिब विकाश राजबाहकले जनाएका छन् ।
बूढानीलकण्ठ नगरपाकिला उमा कुङफु हुने

नेपाल उमा कुङफु संघको आयोजनामा बूढानीलकण्ठ नगरपालिका स्तरीय उमा कुङफु प्रतियोगिता फागुन २८ गते हुने भएको छ ।

प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जनाएका छन् । पुरुष÷महिलामा गरी जम्मा १५ स्पर्धा समावेश छन् ।

प्रतियोगिताका खेलहरु बूढानीलकण्ठको कपनमा हुने छ । अध्यक्ष लामा, आयोजक संघका पूर्व अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक उद्धव थापा मगर, आयोजक संघका प्रथम उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईलगायतको टोलीले प्रतियोगिता सञ्चालन गर्ने छन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ लाग्ने छ ।

प्रतियोगितालाई लक्षित गरी संघको आयोजनामा रेफ्री सेमिनार पनि सम्पन्न भएको छ । सहभागीलाई अध्यक्ष लामाले सैद्धान्तिक तथा पूर्व अध्यक्ष एवं सहायक मुख्य प्रशिक्षक मगरले प्रयोगात्मक ज्ञान बारे जानकारी गराएका थिए ।

एकदिने सेमिनारमा १७ जना सहभागी थिए । सहभागीलाई अध्यक्ष लामा, पूर्व अध्यक्ष मगर, प्रथम उपाध्यक्ष सन्जीत, उपाध्यक्ष मुन्नी सुवेदी, महासचिव भूपेन्द्र गुरुङ, सचिव रमेश महर्जनलगायतले प्रमाण पत्र वितरण गरेका  थिए ।
झाप्रति श्रद्धाञ्जली

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत महोत्तरी जिल्ला खेलकुद विकास समितिका एथलेटिक्स सहायक प्रशिक्षक स्व. चन्द्रेश्वर झा प्रति आइतबार श्रद्धाञ्जली अर्पण गरिएको छ ।

राखेप हातामा भएको शोक सभामा राखेपका उपाध्यक्ष शिव कोइराला, निमित्त सदस्य–सचिव कुलबहदुर थापा, प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, शाखा प्रमुखहरु, एथलेटिक्स संघका प्रतिनिधि, प्रशिक्षक, खेलाडी, कर्मचारीलगायतले स्व. झाको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए।  । २०२४ सालमा जन्मिएका झाको फागुन १० गते निधन भएको थियो ।

शोक सभा

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ४ : ५४ बजे

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक