क्वाडको बैठकमा चीनलाई चेतावनी « Khabarhub

क्वाडको बैठकमा चीनलाई चेतावनी


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालै अमेरिका भारत जापान र अष्ट्रेलिया गरी हिन्द प्रशान्त क्षेत्रका चार मुलुकहरु सम्मिलित ‘क्वाडलाटरल सेक्युरिटी डाइलग’ क्वाडको भर्चुअल बैठक बस्यो । जारी युक्रेनी सङ्कटबारे छलफल गर्न बसेको बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघीय वडापत्र, अन्तर्राष्ट्रिय कानून र सार्वभौमिकता र भौगोलिक अखण्डताको महत्वमा जोड दिए ।

‘युक्रेनमा जारी रुसी आक्रमण र हिन्द प्रशान्तसहित विश्वभर सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति हाम्रो प्रतिबद्धताबारे मैले क्वाडका नेताहरु अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री किसिडा फुमियोसँग भेट गरेँ ।’ अमेरिकी राष्ट्रपति जो बाइडनले बैठकलगत्तै ट्वीट गरे ।
क्वाडका नेताहरूले उक्त बैठकमा युक्रेनमा जे भइरहेको छ त्यसलाई हिन्द प्रशान्त क्षेत्रमा दोहोर्‍याउन नदिने सहमति गरेको जापानी प्रधानमन्त्रीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

बैठकपछि जारी संयुक्त वक्तव्यमा सबै राष्ट्रहरुको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मानका साथ कुनै किसिमको सैनिक आर्थिक र राजनीतिक हस्तक्षेपबाट मुक्त खुला र स्वतन्त्र हिन्द प्रशान्त क्षेत्रप्रति प्रतिबद्धता जाहेर गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यसलाई नाम उल्लेख नगरी चीनविरुद्ध क्वाडले दिएको चेतावनीका रुपमा विश्लेषण गरेका छन् ।

भारतीय प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा यस बैठकका क्रममा यसअघि सन् २०२१ को सेप्टेम्बरमा भएको शिखर सम्मेलनयता भएका प्रगतिबारे छलफल भएको जनाइएकोछ  ।

प्रधानमन्त्री मोदीले क्वाडले हिन्द प्रशान्त क्षेत्रमा शान्ति, स्थिरतासमृद्धिको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ४ : ५१ बजे

कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा सेवाग्राहीको चाप बढ्यो

भोजपुर– बन्द रहेको जग्गा कित्ताकाट सेवा पुनः सुचारु भएसँगै नापी

जेलभित्रै इमरान खानको ‘हत्या’को खबर फैलिएपछि सनसनी, हजारौँ समर्थक प्रदर्शनमा उत्रिए

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जनवरी २०२५ देखि रावलपिन्डीको जेलमा

शान्ति सम्झौता गर्ने आशामा दूत विटकफलाई मस्को पठाउने ट्रम्पको तयारी

वासिङ्टन– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफलाई

मधेसमा बेरोजगार युवालाई मासिक दुई हजार भत्ता

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा स्नातक उत्तीर्ण गरेका

टस हारेर विराटनगरविरुद्ध पहिला ब्याटिङ चितवन गर्दै 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बुधबारको खेलमा विराटनगर