घोराही-तुलसीपुर सडक निर्माणमा ढिलाइ, ठेक्का तोड्ने तयारी « Khabarhub

घोराही-तुलसीपुर सडक निर्माणमा ढिलाइ, ठेक्का तोड्ने तयारी


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दाङ– निर्माणाधीन घोराही–तुलसीपुर चार लेनको सडक निर्माण नसकिँदै ठेकेदार कम्पनीसँगको सम्झौता तोड्ने तयारी सुरू भएको छ ।

सडक निर्माणको जिम्मा लिएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ इन्फ्रा प्रोजेक्टले समयमा काम गर्न नसकेपछि सडक आयोजनाले ठेक्का तोड्ने तयारी भएको हो । सम्झौता रद्द हुने भएपछि घोराही–तुलसीपुर सडक निर्माण थप अन्योलमा परेको छ ।

यो सडक निर्माण असार २०७६ मा सुरु भइ वैशाख २०७८ मा सम्पन्न भइसक्नुपर्ने थियो । सडक आयोजनाका अनुसार काम सुरु भएको तीन वर्ष हुनै लाग्दा वित्तीय प्रगति १४ प्रतिशत र भौतिक प्रगति सात प्रतिशत मात्र छ ।

सडक निर्माण नहुँदा जीर्ण बनेकाे सडकखण्डमा दुर्घटनाका कारण १८ जनाले ज्यान गुमाइसकेका छन् भने थुप्रै भौतिक क्षति भएको छ । अझै पनि ठेकेदार कम्पनीको बाटो कुर्ने हाे भने थप जनधनको क्षति हुने आयोजनाको  भनाइ छ । आयोजनाका  प्रमुख अर्जुन बमले ठेक्का तोड्ने प्रक्रिया सुरु भइसकेको र यसका लागि सुरुमा स्पष्टिकरण सोधिने बताए । “पटक पटक काम गर्छु भन्दै ढिलासुस्ती गरेकाले अब ठेक्का तोड्नुको विकल्प छैन,’ उनले भने ।

सडक आयोजनाले ठेकेदार कम्पनीसँग पेश्की रकम फिर्ता लिने प्रक्रियासमेत थालेको छ । आयोजनाले रकम फिर्ता लिन खोजेपछि निर्माण कम्पनीका प्रतिनिधि सुवास श्रेष्ठले उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा अदालतले आयोजनाकै पक्षमा अन्तरिम आदेश दिएको छ ।

पेश्की रकम फिर्ता लिन सकिने भनेर अदालतबाट अन्तरिक आदेश आएसँगै सडक सुधार तथा विकास आयोजना निर्देशनालयले नेपाल बंगलादेश बैंकको कालिमाटी शाखामा पेश्की रकम फिर्ताका लागि पत्र पठाएको छ ।

आयोजना प्रमुख बमले पेश्कीस्वरूप १२ करोड रुपैयाँ दिएको  र दुई करोडको भुक्तानी भइसकेकाले १० करोड रुपैयाँ फिर्ता लिने प्रक्रिया सुरु भएको बताए । यो सडक निर्माण कार्यका लागि भारतीय एक्जिम बैंकले सवा अर्ब रुपैयाँ सहयोग गरेको छ ।

संघीय सरकारले भारतीय एक्जिम बैंकको सहयोगमा चार वर्षअघि लमही–तुलसीपुर सडकलाई चार लेन बनाउने गरी आयोजना कार्यालय लमहीमा स्थापना गरेको थियो ।

पहिलो चरणमा घोराहीको बबई नदीदेखि तुलसीपुरसम्मको २८.१९ किलोमिटर सडक विस्तार हुन लागेको हो । त्यसमध्ये पनि १४.४ किलोमिटर मात्रै चार लेनको हुने र बाँकी करिब १४ किलोमिटर दुई लेनको हुने बताइएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ५ : ०४ बजे

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न

भोटेकोशी बाढी : चीनको सीमाक्षेत्रबाट बगेका शव भारतसम्मै पुगे !

काठमाडौं – रसुवामा बाढी आएको पाँच दिनपछि पनि भारतमा लास

बाढीको छ दिनपछि पनि त्रिशूली बजारमा उस्तै छ विनाशको पीडा (तस्बिरहरू)

नुवाकोट- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको छ दिनपछि पनि