भिजिट भिसामा श्रमिकलाई विदेश पठाउने को को हुन् ? | Khabarhub Khabarhub

भिजिट भिसामा श्रमिकलाई विदेश पठाउने को को हुन् ?


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीको खोजीमा रहेका युवा युवतीलाई गैरकानुनी तवरबाट भिजिट भिसाका माध्यमबाट विदेश पुर्‍याउने गरेको पाइएको छ ।

वैदेशिक रोजगारका लागि स्वीकृत संस्थाहरूको सम्पर्कमा आउँदासमेत भिजिट भिसामा पठाउने बिचौलियाले उनीहरूलाई प्रलोभन देखाई प्रभावमा पार्ने गरेको भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

श्रम स्वीकृति नलिई भिजिट भिसाका आधारमा रोजगारी पाइने प्रलोभनमा जाने युवाहरू बिचौलियाबाट ठगिने गरेका छन् । आकर्षक योजना, काम र सेवा सुविधाको प्रलोभन र विश्वासमा पर्ने भएको हुँदा उनीहरूसँग आधिकारिक कागजात नहुने र अभिलेखित समेत नहुँदा विदेशमा कामको खोजी गर्दा गर्दै अलपत्र पर्ने, सम्पर्क संस्था र व्यक्ति बेपत्ता हुने र न्यूनतम् खाना, बास तथा फर्कने टिकटसमेत नहुने समस्या देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै, यसरी गएका कामदारहरूलाई रोजगारदाता कम्पनीले काममा लगाए तापनि श्रम कानुनअनुसारका सुविधाहरू उपलब्ध नगराउने हुँदा झनै जोखिम हुने गरेको र दुर्घटना वा अन्यथा केही भएका परिवारजनले पाउने सुविधा उपलब्ध गराउन कानुनी रूपमा जटिलता रहेको देखिन्छ ।

त्यस्तै, बिचौलियाहरूले वैदेशिक रोजगारका लागि स्वीकृत संस्थाहरूको सम्पर्कमा आउँदासमेत भिजिट भिसामा पठाउने गरेको पाइएको छ ।

वैधानिक प्रक्रियाबाट जाँदा समय लाग्ने र अनेकन अड्चन देखाई छिटो छरितो माध्यमबाट जाने उपायका रूपमा बिचौलियाले भिजिट भिसामा जान बाध्य पार्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएिको छ ।

यस्तो कार्य गर्नेमा बिचौलियाहरू, होटल व्यवसायमा संलग्न व्यवसायी, बैदेशिक रोजगार अनुमति प्राप्त व्यवसायी, श्रम प्रतिनिधि र संस्था, स्वास्थ्य परीक्षणमा संलग्न व्यक्तिहरू, अभिमुखीकरण तथा सीप विकास तालिम सञ्चालनमा संलग्न व्यक्तिहरू, पैसा सटही गर्ने व्यक्ति–संस्था, भिसा प्रोसेसिङ र डकुमेण्टेशन गर्ने प्रक्रियामा संलग्न व्यक्तिहरू, भाषा प्रशिक्षक, परामर्श सेवा केन्द्र (कन्सल्टेन्सी), वायुसेवा निगमसँग सम्बन्धित व्यक्तिहरू रहेका छन् ।

त्यस्तै, इन्टर्नशिपका लागि विदेशमा विद्यार्थीका रूपमा पठाउने होटल व्यवस्थापन तथा तालिम प्रदायक संस्थाका संचालकहरू, तीर्थयात्रीका रूपमा समूहमा पठाउने धार्मिक प्रकृतिका संस्थाहरू, विद्यार्थी भ्रमणको कार्यक्रम बनाई गैरविद्यार्थीलाई लैजाने शैक्षिक संस्थाहरू रहेका छन् ।

यसैगरी, कला, संगीत, खेलकुद क्षेत्रका संस्थाको नाममा गैर असम्बन्धित व्यक्तिहरू, सहकारी, कृषक समूह, टोल समूह, उपभोक्ता समूह, वन समूहका वा विभिन्न व्यावसायिक समूहको नामबाट सदस्यका रूपमा गैरसदस्यसमेत समावेश गरी लैजाने गरेको खुलेको छ ।

त्यसो त भिजिट भिसमा सन् २०२१ मा मात्र ७२,०९४ जना नेपाली यूएई गएको अध्यागमन विभागको तथ्याङ्क रहेको छ भने सन् २०२० मा भने ७,७४९ नेपाली यूएई पुगेका छन् ।
अगस्ट २०२१ देखि डिसेम्बर २०२१ सम्ममा ३०७ जना नेपाली कतार भिजिट भिसामा पुगेको तथ्याङ्कले देखाउँछ ।

सोही समयमा १७६ जना नेपाली साउदी अरबिया, ३२ जना मलेशिया, ४५ जना बहराइन, ६० जना कुवेत पुगेको अध्यागमन विभागको तथ्याङ्क छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ५ : ४० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी