भिजिट भिसामा श्रमिकलाई विदेश पठाउने को को हुन् ? « Khabarhub

भिजिट भिसामा श्रमिकलाई विदेश पठाउने को को हुन् ?


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीको खोजीमा रहेका युवा युवतीलाई गैरकानुनी तवरबाट भिजिट भिसाका माध्यमबाट विदेश पुर्‍याउने गरेको पाइएको छ ।

वैदेशिक रोजगारका लागि स्वीकृत संस्थाहरूको सम्पर्कमा आउँदासमेत भिजिट भिसामा पठाउने बिचौलियाले उनीहरूलाई प्रलोभन देखाई प्रभावमा पार्ने गरेको भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

श्रम स्वीकृति नलिई भिजिट भिसाका आधारमा रोजगारी पाइने प्रलोभनमा जाने युवाहरू बिचौलियाबाट ठगिने गरेका छन् । आकर्षक योजना, काम र सेवा सुविधाको प्रलोभन र विश्वासमा पर्ने भएको हुँदा उनीहरूसँग आधिकारिक कागजात नहुने र अभिलेखित समेत नहुँदा विदेशमा कामको खोजी गर्दा गर्दै अलपत्र पर्ने, सम्पर्क संस्था र व्यक्ति बेपत्ता हुने र न्यूनतम् खाना, बास तथा फर्कने टिकटसमेत नहुने समस्या देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै, यसरी गएका कामदारहरूलाई रोजगारदाता कम्पनीले काममा लगाए तापनि श्रम कानुनअनुसारका सुविधाहरू उपलब्ध नगराउने हुँदा झनै जोखिम हुने गरेको र दुर्घटना वा अन्यथा केही भएका परिवारजनले पाउने सुविधा उपलब्ध गराउन कानुनी रूपमा जटिलता रहेको देखिन्छ ।

त्यस्तै, बिचौलियाहरूले वैदेशिक रोजगारका लागि स्वीकृत संस्थाहरूको सम्पर्कमा आउँदासमेत भिजिट भिसामा पठाउने गरेको पाइएको छ ।

वैधानिक प्रक्रियाबाट जाँदा समय लाग्ने र अनेकन अड्चन देखाई छिटो छरितो माध्यमबाट जाने उपायका रूपमा बिचौलियाले भिजिट भिसामा जान बाध्य पार्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएिको छ ।

यस्तो कार्य गर्नेमा बिचौलियाहरू, होटल व्यवसायमा संलग्न व्यवसायी, बैदेशिक रोजगार अनुमति प्राप्त व्यवसायी, श्रम प्रतिनिधि र संस्था, स्वास्थ्य परीक्षणमा संलग्न व्यक्तिहरू, अभिमुखीकरण तथा सीप विकास तालिम सञ्चालनमा संलग्न व्यक्तिहरू, पैसा सटही गर्ने व्यक्ति–संस्था, भिसा प्रोसेसिङ र डकुमेण्टेशन गर्ने प्रक्रियामा संलग्न व्यक्तिहरू, भाषा प्रशिक्षक, परामर्श सेवा केन्द्र (कन्सल्टेन्सी), वायुसेवा निगमसँग सम्बन्धित व्यक्तिहरू रहेका छन् ।

त्यस्तै, इन्टर्नशिपका लागि विदेशमा विद्यार्थीका रूपमा पठाउने होटल व्यवस्थापन तथा तालिम प्रदायक संस्थाका संचालकहरू, तीर्थयात्रीका रूपमा समूहमा पठाउने धार्मिक प्रकृतिका संस्थाहरू, विद्यार्थी भ्रमणको कार्यक्रम बनाई गैरविद्यार्थीलाई लैजाने शैक्षिक संस्थाहरू रहेका छन् ।

यसैगरी, कला, संगीत, खेलकुद क्षेत्रका संस्थाको नाममा गैर असम्बन्धित व्यक्तिहरू, सहकारी, कृषक समूह, टोल समूह, उपभोक्ता समूह, वन समूहका वा विभिन्न व्यावसायिक समूहको नामबाट सदस्यका रूपमा गैरसदस्यसमेत समावेश गरी लैजाने गरेको खुलेको छ ।

त्यसो त भिजिट भिसमा सन् २०२१ मा मात्र ७२,०९४ जना नेपाली यूएई गएको अध्यागमन विभागको तथ्याङ्क रहेको छ भने सन् २०२० मा भने ७,७४९ नेपाली यूएई पुगेका छन् ।
अगस्ट २०२१ देखि डिसेम्बर २०२१ सम्ममा ३०७ जना नेपाली कतार भिजिट भिसामा पुगेको तथ्याङ्कले देखाउँछ ।

सोही समयमा १७६ जना नेपाली साउदी अरबिया, ३२ जना मलेशिया, ४५ जना बहराइन, ६० जना कुवेत पुगेको अध्यागमन विभागको तथ्याङ्क छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ५ : ४० बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ