बेलायतको एक नेपाली रेष्टुरेन्टमा दुई अबैध कामदार फेला, रेष्टुरेन्टको लाइसेन्स खारेज हुँदै « Khabarhub

बेलायतको एक नेपाली रेष्टुरेन्टमा दुई अबैध कामदार फेला, रेष्टुरेन्टको लाइसेन्स खारेज हुँदै


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- बेलायतको लिंकनशायरमा सञ्चालित एक नेपाली रेष्टुरेन्टबाट प्रहरी र अध्यागमन अधिकारीहरूले दुई अबैध कामदार फेला पारेको छ । ग्रान्थमस्थित द जर्ज सपिङ सेन्टरमा रहेको नेपाली रेष्टुरेन्ट फ्युजन बुफेमा जनवरीमा प्रहरी र अध्यागमनका अधिकारीहरुले छापा मार्दा सो कुरा फेला पारेका हुन् ।

परिसरमा दुई अवैध कामदार फेला पारेपछि उक्त नेपाली रेस्टुरेन्टले आफ्नो इजाजतपत्र (लाइसेन्स) गुमाउन सक्ने प्रहरीले बताएको छ ।

अधिकारीहरूले इशान आचार्यसहित तीन जना कामदारहरू फेला पारेका छन् । जसले पहिले आफ्नो भाइ मनिष आचार्यसँग मिलेर रेष्टुरेन्टमा साझेदारी गरेका थिए ।

त्यस्तै, उक्त रेष्टुरेन्टमा एक वेट्रेस पनि साझेदार थिइन् । उक्त रेष्टुरेन्टको शेफ उक्त वेटे«स महिलाको साथी थिए जसले गृह कार्यालयमा शरणको लागि आवेदन दिएका थिए।

वेट्रेस र शेफ दुबैलाई पहिले केही समयको लागि काममा राखिएको थियो । तर तिनीहरूको भिसाको म्याद सकिएको थियो, यसको मतलब तिनीहरूसँग युकेमा काम गर्ने अनुमति थिएन, न त तिनीहरूको भिसा आधारमा रेष्टुरेन्टमा काम गर्न अनुमति पनि थिएन ।

दक्षिण केस्टेभन जिल्ला काउन्सिलको इजाजतपत्र समितिको प्रतिवेदनमा मरिश आचार्यले अधिकारीहरूलाई आफूले लेखापाललाई कागजातहरू जाँच गर्न पठाएको तर उनले वेट्रेसको केही समयलाई मात्र मात्र अनुमति दिएको बताएका छन् ।

प्रहरीले आचार्यले सही कागजातहरू जाँच नगरेको र लाइसेन्स समीक्षा सुनुवाईमा आफ्नो चेकको प्रमाण उपलब्ध गराउन आह्वान गरिरहेको बताएको छ।

उनीहरूले दक्षिण केस्टेभेन जिल्ला काउन्सिलको इजाजतपत्र समितिलाई रेष्टुरेन्टको इजाजतपत्र रद्द गर्ने विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गरिरहेका छन् ।

आचार्यले फागुन २४ गते हुने विचार गर्नुपर्ने समीक्षा निवेदनको पक्षमा प्रतिनिधित्व गरेपनि काउन्सिलले उनको प्रतिवेदनलाई सार्वजनिक रूपमा हेर्नबाट छुट दिएको छ ।

आचार्यले फागुन २४ (बुधबार) हुने हुने सुनुवाइमा निवेदनको पक्षबाट प्रतिनिधित्व गरेका छन् । स्थानीय रिपोर्टिङ सेवाले थप सोधपुछको लागि आचार्यलाई सम्पर्क गरेको छ।

बेलायतको कानुनी अनुसार गैरकानूनी कामदारलाई काममा लगाउनु अपराध हो र रोजगारदाताले ठगी ऐन अन्तर्गत कारबाही भोग्नुका साथै कानून उल्लङ्घन गरेको पाइएमा राजस्व कार्यलयबाट कारबाही हुनेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ६ : ४० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने