सुन आयातमा राष्ट्र बैंकको कडाइ, अब १० किलो मात्रै सुन आयात गर्न पाइने | Khabarhub Khabarhub

सुन आयातमा राष्ट्र बैंकको कडाइ, अब १० किलो मात्रै सुन आयात गर्न पाइने


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ । बैंकले आज एक परिपत्र जारी गर्दै सुन आयातमा कडाइ स्वरुप कोटा घटाएको हो । यसअघि प्रतिदिन २० किलोसम्म सुन आयातको कोटा तोकिएकोमा त्यसलाई घटाएर १० किलो बनाइएको हो ।

राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ को सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा ४ (क) मा संशोधन गरेको उल्लेख छ । पछिल्लो समय सुनको आयातसँगै मूल्यमा पनि बृद्धि हुँदै गएको छ । यसअघि बैंकले चाँदी आयातमा कडाइ गरेको थियो ।

यस्तै, पछिल्लो समय बैंकले विभिन्न ४७ वस्तुको आयातमा कडाइ गरेको छ । विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि राष्ट्र बैंक आयातित वस्तुमा कडाई गर्न बाध्य भइरहेको छ । बैंकले गत माघ २६ गते २७ र माघ ५ गते २० वस्तु गरी ४७ वटा होर्मोनिक (एचएस) कोडबाट आयात हुने वस्तुको आयातमा कडाइ गरेको हो । बैंकले एलसी खोल्दा ६ वस्तुमा ५० प्रतिशत र ४१ वस्तुमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले ल्वाङ, चिनीजन्य पदार्थ, मदिरा तथा सुर्तीजन्य वस्तुहरू, परफ्युम र ट्वाइलेट वाटर, सौन्दर्यसम्बन्धी सामग्री, स्याम्पुजन्य, काठ तथा काठबाट बनेका सामग्री, जुत्ता तथा चप्पल, छातालगायत वस्तुहरू, व्वाँख, नक्कली कपाल तथा नक्कली फूल, चिप्स मार्बललगायत वस्तु, सेरामिकका सामान, सिरिन्जलगायत सिसाका सामान, चाँदी, फर्निचरका सामान, तासा तथा मनोरञ्जल स्थलमा खेलाइने सामग्रीको आयातमा कडाइ गरेको थियो ।

यस्तैगरी, समुन्द्री जीवका माघा तथा मासु, दुधको धुलो, अण्डा, गुलाफलगायत फूल, सुकेको तरकारी, सुपारी, काजु बदाम पेस्तालगायत नर्टस, केरा, छोकडा, मरिच, ससेज, कोका पाउडर चकलेट, अचार तथा तयारी सुप, कफी, सोया सस तथा टोमाटो केचप, जुस, कुकुरका खाना, पिठो, प्लास्टिकको सामान, ट्वाइलेट सप, सुनका गरगहना, घडीलगायत अन्य वस्तुको आयातमा कडा गरेको छ । यी सबै वस्तुमा सतप्रतिशत मार्जिनको व्यवस्था राष्ट्र बैंकले लागु गरेको छ ।

यस्तैगरी, दुई तथा चार पाँग्रे सवारी साधन (विद्युतीय बाहेक), कार्पेट तथा पर्दा, लामो कोट, टिसर्ट ह्यान्ड ब्याग, एप्रोनलगायत तयारी पोसाक, ब्ल्याङ्केटमा ५० प्रतिशत मार्जिनको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ७ : ३१ बजे

सकियो रविको बयान, थुनछेक बहस आज नहुने

बुटवल– रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको

जापानमा बर्ड फ्लुको सङ्क्रमण बढ्यो

एजेन्सी – जापानमा एभियन इन्फ्लुएन्जाको प्रकोप बढ्दै गएको छ ।

चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

एजेन्सी – चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको बाझोङ सहरमा भएको सवारी

‘नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ’

ढोरपाटन– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले नागरिक

सुदूरपश्चिम प्रदेशसभामा प्रज्ञा प्रतिष्ठानसम्बन्धी विधेयक पेस

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा विषयगत समितिमा दफावार छलफल भई