एकीकृत कृषि बजार भवन हस्तान्तरण | Khabarhub Khabarhub

एकीकृत कृषि बजार भवन हस्तान्तरण


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- स्थानीयस्तरमा उत्पादित कृषि उपजलाई सहज रूपमा बजारीकरण गर्न बैतडीको पाटनमा एकीकृत कृषि बजार भवन निर्माण गरिएको छ ।

कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुर कञ्चनपुरले ठेक्कामार्फत् भवन निर्माण गरेको हो । ३६ लाख ५१ हजारको लागतमा भवन निर्माण कार्य सम्पन्न गरिएको छ ।

किसानले उत्पादन गरेको कृषि उपजलाई बजारीकरण गर्न सजिलो होस् भनेर भवन निर्माण गरिएको कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरका प्रमुख टीकाराम थापाले बताए । उक्त भवनको कार्यक्रमको आयोजना गरेर नगरस्तरीय कृषि बजार तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

नगरपालिकाको रोहबरमा समितिलाई भवन हस्तान्तरण गरिएको हो । भवन हस्तान्तरण कार्यक्रममा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरी, पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।

 भवन निर्माण भएपछि किसानले उत्पादन गरेको तरकारी, फलफूललगायत उपजहरूलाई एकीकृत रूपमा बजारीकरण गर्न सहज हुने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चौधरीले बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १० : ५७ बजे

जिरीलाई पर्यटनसँगै शैक्षिक हब बनाउनुपर्छ ! 

दोलखा– धार्मिक तथा पर्यटकीय नगर जिरीलाई पर्यटकीय नगरसँगै शैक्षिक केन्द्रको

एमालेका युवा नेताको प्रश्न- पार्टीमा युवा पुस्ता आकर्षित गर्ने कार्यक्रम खोइ ?

पोखरा – नेकपा एमालेका प्रदेश कमिटी सदस्य एवम् युवा नेता विद्रोही गिरीले

नेपालमा चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापन परियोजना परियोजना सुरू

काठमाडौं- भारत सरकारले संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमसँग सहकार्य गर्दै

बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

काठमाडौं-  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिएका छन्