बिना पासपोर्ट र टिकट विमानसम्म पुगेको घटनाबारे समितिले प्रतिवेदन बुझायो « Khabarhub

बिना पासपोर्ट र टिकट विमानसम्म पुगेको घटनाबारे समितिले प्रतिवेदन बुझायो


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिना पासपोर्ट र टिकट विमानसम्मै पुगेको घटनाबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

 फागुन ९ गते राति विमानको टिकट र भिसा नभएको व्यक्ति विमानस्थलभित्र छिरेर कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा पुगेका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थलमा व्यक्ति यसरी विमानसम्म पुगेपछि सुरक्षा र जाँच प्रणालीलाई लिएर प्रश्न उठेको थियो । त्यसपछि उक्त घटनाबारे जाँच गर्न फागुन १३ मा एक उच्चस्तरीय समिति गठन गरिएकाे थियो । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्व रहेको समितिले आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो ।

समितिमा महासेनानी अनुप अधिकारी, प्रहरी उपरीक्षक वेद विष्ट, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, उप-अनुसन्धान निर्देशक विष्णुमणि आचार्य, हवाई सुरक्षा निर्देशक वासुदेव भट्टराई, नेपाल वायु सेवा निगमका निर्देशक अनिल घिमिरे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल र गृह मन्त्रालयका उपसचिव गोमा चेम्जोङ सदस्य रहेका थिए ।

समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले प्रतिवेदन कार्यान्वयन गरिने बताए । उनले विमानस्थलभित्र रहेका विभिन्न निकायसँगको सहकार्यमा प्रतिवेदन कार्यान्वयनमा अघि बढ्ने बताए । 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १० : १७ बजे

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

रसुवा- भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण