बिना पासपोर्ट र टिकट विमानसम्म पुगेको घटनाबारे समितिले प्रतिवेदन बुझायो « Khabarhub

बिना पासपोर्ट र टिकट विमानसम्म पुगेको घटनाबारे समितिले प्रतिवेदन बुझायो


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिना पासपोर्ट र टिकट विमानसम्मै पुगेको घटनाबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

 फागुन ९ गते राति विमानको टिकट र भिसा नभएको व्यक्ति विमानस्थलभित्र छिरेर कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा पुगेका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थलमा व्यक्ति यसरी विमानसम्म पुगेपछि सुरक्षा र जाँच प्रणालीलाई लिएर प्रश्न उठेको थियो । त्यसपछि उक्त घटनाबारे जाँच गर्न फागुन १३ मा एक उच्चस्तरीय समिति गठन गरिएकाे थियो । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्व रहेको समितिले आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो ।

समितिमा महासेनानी अनुप अधिकारी, प्रहरी उपरीक्षक वेद विष्ट, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, उप-अनुसन्धान निर्देशक विष्णुमणि आचार्य, हवाई सुरक्षा निर्देशक वासुदेव भट्टराई, नेपाल वायु सेवा निगमका निर्देशक अनिल घिमिरे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल र गृह मन्त्रालयका उपसचिव गोमा चेम्जोङ सदस्य रहेका थिए ।

समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले प्रतिवेदन कार्यान्वयन गरिने बताए । उनले विमानस्थलभित्र रहेका विभिन्न निकायसँगको सहकार्यमा प्रतिवेदन कार्यान्वयनमा अघि बढ्ने बताए । 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १० : १७ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं