स्थानीय तह निर्वाचन : बुटवल उपमहानगरमा एमालेले २२ वर्षे विरासत जोगाउला त ? | Khabarhub Khabarhub

स्थानीय तह निर्वाचन : बुटवल उपमहानगरमा एमालेले २२ वर्षे विरासत जोगाउला त ?


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा मेयरका आकाङ्क्षीहरूले आन्तरिक भेटघाटलाई तीव्र बनाउन थालेका छन् । लुम्बिनी प्रदेशका १०९ पालिका मध्य बुटवल उपमहानगरपालिकामा यति बेला धेरैको चासो देखिएको छ । यो नगरमा २२ वर्षदेखि एमालेले कब्जा जमाएको छ ।

बलियो संगठन भएकाले बुटवलमा एमालेले चुनाव सहजै जित्ने आकलन गर्न थालिएको छ । मेयरका लागि एमालेबाट बाबुराम भट्टराई र गोपाल रानामध्ये एकले टिकट पाउने सम्भावना बढेको छ । दुवै नेताले जिल्लादेखि केन्द्रसम्म लबिङ तीव्र पारेका छन् ।

२०७४ को निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लड्दा पनि एमालेले एक्लै बाजी मारेको थियो । एमाले बुटवल उपमहानगर कमिटीका निवर्तमान अध्यक्ष बाबुराम पन्थी भन्छन्, ‘बुटवलमा एमालेको संगठन बलियो छ, जुनसुकै गठबन्धन आए पनि एमालेले सहजै चुनाव जित्छ ।’

भट्टराईको राजनीतिक यात्रा

अघिल्लो निर्वाचनमा पनि मेयरको दौडमा रहेको बाबुराम भट्टराईले आफू १३ वर्षको हुँदादेखि नै राजनीतिप्रति चासो राख्न थालेको बताएका थिए । पार्टीका नेताहरु भूमिगत कालमा उनी बसेकै भाडाको घरमा आउने जाने क्रम चल्दा उनमा पार्टीमा काम गर्ने इच्छा बढ्दै गयो । फलस्वरुप २०३६ सालदेखि उनी कम्युनिष्ट पार्टीमा आवद्ध भए । लामो समय उनले व्यवसाय सेक्टरमा रहेर काम गरे भने पार्टीको जिल्ला कमिटी हुँदै हाल प्रदेश कमिटी सदस्य छन् । नेपाल औषधि व्यवसायी संघका पूर्वराष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरेका छन् ।

२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका भट्टराई २०६२-६३ को आन्दोलनमा आकस्मिक राहत कोषका संयोजक थिए । त्यतिबेला संकलन गरिएको रकममध्ये बचत रकम केही समय अघि बुटवलको कोरोना अस्पताललाई प्रदान गरिएको थियो । त्यस्तै उनले बुद्धिजीवी परिषदमा रहेर पनि काम गरे । भट्टराई ३५ वर्षको उमरमै औषधि व्यवसायी संघको लुम्बिनी प्रदेश अध्यक्ष बनेका थिए । पार्टीमा धेरैले उनलाई बौद्धिक व्यक्तित्व भनेर चिन्ने गर्छन् । सबैसँग सन्तुलित व्यवहार गर्ने भएकाले विपक्षीको मत तान्न सक्ने क्षमता पनि भट्टराईमा रहेको पार्टीका कतिपय नेताहरु बताउँछन् ।

को हुन् राना ?

गोपाल राना बुटवलका प्रतिष्ठित होटल व्यवसायी हुन् । मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र बुटवलको ड्रिम इन्टरनेशनलका सञ्चालक रहेका राना पार्टीका निवर्तमान जिल्ला उपसचिव र हालका प्रदेश कमिटी सदस्य हुन् । त्यस्तै उनी होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य समेत हुन् । युवा र जनजाती क्षेत्रबाट बलिया उम्मेदवारको रुपमा चर्चा गरिए पनि दुवै क्षेत्रको एउटा तप्काले भने भट्टराईलाई नै मेयरमा अगाडि सार्ने गरी भूमिका खेलिरहेको छ । यस हिसावले युवा र जनजाती क्षेत्र नै रानाका लागि बढी चुनौतीपूर्ण देखिन्छ ।

अघिल्लो निर्वाचनमा एमालेबाट शिवराज सुवेदी नगर प्रमुखमा विजयी भएका थिए । उनले कांग्रेसका खेलराज पाण्डेलाई २४ सय मतान्तरले मात्र पराजित गरेका थिए । त्यसबेला माओवादीको करिब ३५ सय मत थपिँदा कम मतको अन्तरमा विजयी भएको र अहिले माओवादीका धेरै नेता कार्यकर्ता नेकपा विभाजनपछि एमालेमा आएको र अहिले एमालेको मत गत निर्वाचनभन्दा धेरै हुने एमालेका बुटवलका नेता बाबुराम पन्थी बताउँछन् ।

बुटवलमा २०७४ सालको निर्वाचनयता १३ हजार भन्दा बढी मतदाता थपिएका छन् । ती थपिएका मत आगामी निर्वाचनका लागि निर्णायक बन्ने देखिएको छ । ‘कार्यकर्तापंक्तिमा बौद्धिक व्यक्तित्वलाई टिकट दिनुपर्ने मत धेरै छ, तर थपिएका मतदाताबारे पनि अध्ययन भइरहेको छ’- एमालेका एक युवा नेताले भने । भट्टराई पार्टी पंक्तिमाझ बौद्धिक व्यक्तित्वकारुपमा परिचित छन् भने उनको सन्तुलित भूमिकालाई धेरैले मन पराउने उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । यी दुईमध्ये एकले टिकट पाए एमालेका लागि चुनाव सहज हुने एमाले युवा नेता ध्रुव आचार्य बताउँछन् ।

कांग्रेसमा भने अघिल्लो निर्वाचनमा पराजित खेलराज पाण्डे दोहोरिने सम्भावना बलियो छ । उनी अहिले पार्टीको बुटवल नगर सभापति छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष रहेका कांग्रेस क्षेत्रीय सभापति हरि लम्सालले पनि मेयरको दाबी गरेका छन् ।

बुटवल एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहनगर रहेको र कांग्रेस नेता बालकृष्ण खाँणले पनि यहाँको चुनावलाई प्रतिष्ठाको विषय बनाएकाले आगामी निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

-न्यूजकारखानाबाट

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : १७ बजे

प्रधानमन्त्रीलाई टिकटकरको सुझाव : अघिल्लो सरकारले जस्तो टिकटक बन्द नगर्नू

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई जना चर्चित टिकटकरले

पोखराको टाइगर माउन्टेनमा बेलायती राजकुमारको बास

पोखरा – नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र उनकी

मकुना मृत्यु प्रकरणः सरकारद्वारा छानबिन समिति गठन

काठमाडौं – सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको

एक वर्षपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भए सांसद नेम्बाङ

काठमाडौं – नेकपा एमालेका सांसद बसन्तकुमार नेम्बाङ एक वर्ष पछाडि

१२ करोड लगानीमा बुटवलमा दोस्रो सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन

बुटवल – सिद्धार्थ हस्पिटालिटीले बुटवलको योगीकुटीमा निर्माण गरेको ‘सिद्धार्थ कटेज’को