विश्व इतिहासमा आज : रुवाण्डामा जातीय नरसंहारदेखि पहिलो आधुनिक ओलम्पिक खेल   « Khabarhub

विश्व इतिहासमा आज : रुवाण्डामा जातीय नरसंहारदेखि पहिलो आधुनिक ओलम्पिक खेल  


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज ६ अप्रिल २०२२ । सदा झैँ विश्व इतिहासमा अप्रिल ६ तारिखका दिन पनि केही महत्वपूर्ण घटनाक्रमहरू विकसित भएका थिए । यसै दिन आधुनिक ओलम्पिक खेल सुरु भएको थियो भने पहिलो व्यावसायिक सञ्चार स्याटलाइट सुरु भएको थियो ।

प्रस्तुत छ इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम : 

रुवान्डामा जातीय नरसंहार
सन् १९९४ मा रुवाण्डामा नरसंहार सुरु भएको थियो । रुवान्डाका तत्कालीन राष्ट्रपति जुभेनल हब्यारिमाना र बुरुन्डीका राष्ट्रपति साइप्रियन न्तारियामिराको हत्याले जातीय टुटसिसहरूको सामूहिक नरसंहारलाई उत्प्रेरित गरेको थियो । नरसंहारमा लाखौँ पीडित बनेका थिए ।

पहिलो व्यावसायिक सञ्चार स्याटलाइट
सन् १९६५ मा पहिलो व्यावसायिक सञ्चार स्याटलाइट सुरु भएको थियो ।  अर्ली बर्डसमेत भनेर चिनिने जेमिनी प्रशान्त महासागरमा अवतरण गर्दा स्पेसक्राफ्ट स्प्लासडाउनको पहिलो प्रत्यक्ष टिभी प्रसारणलाई सहज बनाएको थियो ।

पहिलो सामूहिक विश्व उडान
सन् १९२४ मा विमान चालकहरूको एउटा समूहले पहिलो पटक सामूहिक विश्व उडान सुरु गरेको थियो । चार वटा विमान सिएटलबाट पश्चिमतर्फको मार्गमा छुटेका थिए । तिनीहरूमध्ये दुइ वटा १५७ दिन पछि एउटै स्थानमा पुगेका थिए ।

पहिलो पटक उत्तरी ध्रुवमा पुगेको दाबी गर्ने व्यक्ति

सन् १९०९ मा रोबर्ट पेरीले आफू उत्तरी ध्रुवमा पुग्ने पहिलो व्यक्ति भएको दाबी गरेका थिए । तर, पेरीको दाबी अहिलेसम्म पुष्टि हुन सकेको छैन । उत्तरी ध्रुवको पहिलो निर्विवाद यात्रा १९४८ सोभियत सेभर–२ अभियान थियो ।

पहिलो आधुनिक ओलम्पिक खेल
सन् १८९६ को ६ अप्रिलमा एथेन्समा पहिलो आधुनिक ओलम्पिक खेल  सुरु भएको थियो । पहिलो ओलम्पियाडमा १४ देशका २४१ खेलाडीले भाग लिएका थिए । दक्षिण–पश्चिम ग्रीसको ओलम्पियामा सुरु भएको अन्तिम पुरातन ओलम्पिक खेल भएको १५ सय वर्षपछि यो खेल भएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ८ : ११ बजे

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले